• काठमाडौँ, ८ असोज ।  उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर सोमबार स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौँ आइपुग्नुहुनेछ ।

    उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनका क्रममा उहाँले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपिल गर्नुभएको थियो । चीन भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङ्हुवाले शिष्टाचार भेट गर्नुभएको थियो ।

    उपराष्ट्रपतिले यही असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाइ हासिल गरिरहेको बताउनुभएको थियो । भेटघाटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।

    उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाइमा उठेको बताउनुभएको थियो । उहाँहरुले नेपालको समृद्धिको यात्रामा चीनका सदैव साथ सहयोग हुने बताउनुभएको थियो ।

    सिपिसीका सिचुवान प्रान्त सचिवले छेन्दुमा छिटोभन्दा छिटो नेपालले महावाणिज्य दूतावास खोल्नुपर्ने बताउनुभएको थियो । उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा शनिबार केही दिन पोखरासँग भगिनी सम्बन्धमा गासिएको यिपिन शहर र आज लुम्बिनीसँग भगिनी सम्बन्ध रहेको लसानको भ्रमण गर्नुभयो ।
    –––

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…