•  करण धिताल

    पथरी २८ असोज, हसन्दह क्रिकेट क्लब मोरङ पथरीको वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा धाइजन क्रिकेट क्लब झापालाई ७ विकेटले पराजित गर्दै हसन्दहले अन्तिम चारको यात्रा तय गरेको हो । धाईजनले दिएको ९७ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको हसन्दहले १३ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्यो । हसन्दहको तिमा गणेश महतोले अविजित ५८ रन बनाए । धाइजनका असोक सुब्बा, आर्यन यादब र असोक चौधरीले समान १÷१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको



    धाईजनले १९ दशमलब १ ओभरमा अल आउट हुँदै ९६ रनको योगफल तयार पारेको थियो । धाइजनका लागि विकास कार्कीले २६,असोक सुब्बाले १७ र अस्विन सर्माले १४ रन बनाएका थिए । धाईजनलाई मध्यम योगफलमा समेट्नका लगि लक्ष्मण झा र गणेश महतोले समान ३÷३ विकेट लिए । खेलको म्यान अफ द म्याच हसन्दह क्रिकेट क्लबका गणेश महतो घोषित भए । प्रतियोगिता अन्तर्गत आईतबारबाट सेमिफाईनलका खेलहरु सुरु हुँदैछन् । शनिवार हुने पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरे ११ र आयोजक वीरेन्द्रनगर क्रिकेट क्लब विच प्रतिस्पर्धा हुने आयोजकका सनम चौहानले जानकारी दिए ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…