• पथरी / असाेज २८ माेरङकाे पथरीशनिश्चरे भुटानी शरणाथी क्याममा जारी स्व. धन +विष्णु मेमाेरियल नकाउट फुटवल प्रतियाेगिताकाे उपाधि बेलबारी फुटवल क्लव बेलबारीले उचालेकाे छ । शनिवार भएकाे फाईनल खेलमा बिराटचाैककाे एकता फुटवल क्लवलाई १ बिरुद्ध २ गाेल गर्दै बेलबारीले उपाधि चुमेकाे हाे । निकै प्रतिस्प्रदात्मक खेलमा खेलकाे १६ अाै मिनेटमा बेलबारीका सेखर लिम्बुले गाेल गर्दै गाेलकाे खाता खाेले ।




    दाेस्राे हाफमा निकै राेचक बनेकाे खेलकाे ६१ अाै मिनेटमा एकताका रमेस राईले १ गाेल गर्दै खेल बराबरी बनाए । बेलबारीले निकै राम्रा अवसर पाए पनि गाेल गर्न बाट चुकेकाे थियाे । खेलकाे ६८ अाै मिनेटमा बेलबारीले पाएकाे फ्रिकिक सदुपयाेग गर्दै निरज बस्नेतले उत्कृष्ट गाेल गर्दै विजयी गराए । बेलबारीका निशान राईका एक पछि अर्काे प्रहारहरु गाेल हुन बाट चुकेका थिए ।



    खेलकाे म्यन अफ द म्याच निरज बस्नेत (बेलबारी) हाई स्काेर सन्ताेष पाेख्रेल (एकता) बेष्ट गाल किपर भक्त धामी (बेलबारी) बेष्ट डिफ्रेन्स निरज बस्नेत (बेलबारी) बेष्ट स्टाईकर माैसम लिम्बू (बेलबारी) घाेषित भए । बिजेता बेलबारी फुटवल क्लव बेलबारीले नगद ४१ हजार, ट्रफी र मेडल तथा उपविजेता एकता युथ क्लव बिराटचाैकले नगद २१ हजार ट्रफी र मेडल प्राप्त गर्याे । विजेता थता उपविजेतालाई सभापती तथा क्याम सेकुरेटि सचिव चम्पा सिह राईले पुरस्कार बितरण गर्नु भयाे । प्रतियाेगिता क्याम अर्गनाईजर कमिटीकाे सहकार्य तथा नव उदय कला केन्द्रकाे अायाेजना रहेकाे थियाे ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…