• उर्लाबारी/ उर्लाबारी–१ झारसाँदीकी एक बालिका आर्थिक अभावका कारण उपचारको पर्काइएमा छिन् । असोज १३ गते शुक्रबार तातो पानीमा अचानक परेपछि सिकिस्त बनेकी दुई वर्षिय आश्मा महतोको उपचार हुन सकिरहेको छैन । कमजोर आर्थिक अवस्था भएकी स्थानीय कुमारी महतोकी कान्छी छोरी यी बालिकाको शरिरको बा“या भाग पुरै जलेको छ । बालिकालाई सामान्य उपचार गरेर घरमै राखिएपछि स्थानीयवासीले बालिकाको उपचारका लागि सबै समक्ष सहयोगको अपिल गरेका छन् ।



    आर्थिक अभावले छोरीको उपचार गराउन नसकेर घरमै यतिकै राखेको छु,आमा कुमारीले भनिन्‘ उपचारमा सहयोग भए छोरी निको हुने थिई । महतो परिवार झारसादीमा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका छन् । संसार देख्न पाउने उमेरमा बालिकाको यो अवस्था हेरेर उपचार गराउनका लागि पीडितले अाग्रह गरे ।बालिकाको उपचारमा सहयोग तथा थप जानकारीको लागि उर्लाबारी नगरपालिकाका प्रेस संयोजक इश्वर भट्टराईलाई ९८१६३१७२९९ मा सम्पर्क गर्न सकिनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…