• काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालसँगै स्मूह ए मा रहेको प्यालेस्टाइनले बिहीबार ताजिकिस्तानलाई हराएको छ ।

    सिल्हेट स्टेडियममा सम्पन्न समूह ए तर्फको दोस्रो खेलमा प्यालेस्टाइनले ताजिकिस्तानलाई २–० ले हराएको हो । प्यालेस्टाइनको जितमा खेल शुरु भएको पहिलो मिनट मै जोनाथन केन्टिलानाले पहिलो गारे । त्यस्तै दोस्रो खेलको ७५ औं मिनटमा कप्तान अब्देलतिफ बडारीले गरे ।

    यो जितसँगै प्यालेस्टाइन एक खेलबाट ३ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित ताजिकिस्तान भने २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ भने अंकविहीन नेपाल पुछारमा छ । समूह ए तर्फको अन्तिम खेलमा अब प्यालेस्टाइन र नेपाल भिड्ने छन् ।

    यो नतिजासँगै नेपालको सेमिफाइनल सम्भावना थप कठिन भईदिएको छ । अब सेमिफाइनलमा प्रवेश गर्नका लागि नेपालले प्यालेस्टाइन माथि दुई गोल भन्दा बढी अन्तरको जित निकाल्नु पर्नेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…