• कुमार खड्का

    असोज १९ पथरी

    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको मनकामना सामुदायिक वनले आफ्नो आम्दानीको वैकल्पीक स्रोतको रुपमा माछा पालन का साथै बनभोज स्थलको व्यावस्थापन गरेको छ ।

    ७१.५९ हेक्टर क्षेत्रफलमा फैलिएको वनले २०७३ साल देखी माछा पालन गर्दै आएको हो । माछा पालनका लागि वनले सिमसार युक्त क्षेत्रको पानीलाई संरक्षण गर्दै २ वटा पोखरीको निर्माण गरि व्यावसायिक माछा पालनको सुरुवात गर्दै आएको छ ।

    वनको पुर्व सिमानामा रहेको ५ कठ क्षेत्रफलमा फैलिएको सानो पोखरीमा माछा पालनको थालनी गर्दा अत्यन्तै राम्रो आम्दानी भएपछि वनको वैकल्पीक आम्दानीको रुपमा विकाश गराउन सकिने समभावना देखेपछि व्यावसायीक माछा पालनको थालनी गरेको वनका सचिव पुष्प लामा बताउछन् ।

    लामा भन्छन्–“पहिलो वर्ष नै १ लाख ५० हजार रुपियाँको माछा बिक्री भयो ’पुरानो पोखरीमा हाल कवाई,रहु,ग्रासक्राप,भ्याकुर जातका माछा छन् । ठुलो पोखरीमा सात प्रजातिका ३ हजार ५ सय भुरा हालेका छौं” ।

    भू संरक्षण कार्यालय मोरङले २ लाख ८१ हजार रुपैयाँ अनुदान दिएपछि समूहको घट्दै गएको आम्दानी बढाउन माछापालन थालेको समूहकी अध्यक्ष बसुन्धरा गुरुङले बताईन ।

    गुरुङले मनकामना बन क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिरहेको समेत जानकारी गराईन साथै बनभोज स्थलका लागि सुरक्षित टहरा, पानी र विजुलीको व्यावस्थापन, सुरक्षा गार्डको व्यावस्था सहितको बनभोज स्थलको निर्माण लगाएत बनभोज स्थल सम्म पुग्ने सडकलाई ब्यवस्थित गरिसकेको गुरुङले जानकारी दिईन ।

    वन पैदावर वाट वार्षिक रुपमा ६५० सेफ्टि काठ उत्पादन गरि विक्रि गर्दा वार्षीक १३ लाख रुपैया आम्दानी गर्दै आएको वनले हाल व्यावसायिक माछा पालन वाट हरेक ६÷६ महिनामा एउटा पोखरी बाट २५० किलो माछा उत्पादन गर्दा ७५ हजार थप आम्दानी गर्दै आएको वनका सचिव लामाले बताए ।

    प्राकृतिक स्रोत साधनको उचित संरक्षण गर्दै लैजानुपर्ने भएकाले र भोलीका आउने पिढिहरुलाई समेत वन पैदावार लाई आम्दानिको स्रोत मान्नु भन्दा पनि अम्दानिका वैकल्पीक स्रोतहरुको खोजी गरि दिगो वन व्यावस्थापन कसरी गर्न सकिन्छ भनि वाटो देखाउनका लागि अहिलेका पुस्ताहरुवाट वन संरक्षण साथ साथै सिमसार क्षेत्रको विकाश र प्रर्वद्घनका लागि योजना बनाएर वैकल्पीक आम्दानीको वाटो रोजेको समूहकी अध्यक्ष बसुन्धरा गुरुङले बताईन ।



    वनले सामाजिक क्षेत्रमा पनि योजदान गर्दै आएको वताउदै अध्यक्ष गरुङ भन्छीन “ वनले वार्षीक रुपमा विकाश निर्माणको कार्यमा हातेमाले गर्दै २ लाख ५० हजार रुपैया उपभोक्ता समुह भित्र पर्ने सडक कालोपत्रेमा सहयोग गरेको, वृद्घवृद्घालाई सम्मान,एकल महिलाई सम्मान,एसइइ परिक्षमा उतकृष्ठ ३ जना विध्यार्थीलाई वार्षिक रुपमा सम्मान,गरिवी न्युनिकरण अन्र्तगत सिलाई वुनाई,कटाई खेलौना निर्माण तथा कपडा सिलाउने मेशिनको प्रवन्द्घ गर्दै आएको कुरा उल्लेख गरिन ”

    पूर्व पश्चिम राजमार्गको पथरी चौकबाट ३ सय मिटर उत्तर पश्चिममा अवस्थित मनकामना सामूदायिक बनमा २२४ घरधुरी उपभोक्ता रहेका छन् ।

    समूहको आम्दानी बढाउन उपभोक्ताले बन क्षेत्रमा ढाल्ने कटुस, लप्सी, चिलाउने, तेजपत्ता, सतिसाल टीक, मसला,रुद्राक्ष, सुपारी,वेत र वाँसको समेत वृक्षारोपण गर्नुका साथै वनमा चितल, खरायो, टर्की, चाईनिज कुखुरा, लगाएतका बन्य पशुपन्छीको पनि संरक्षण गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…