• मोरङको उर्लाबारी–५ स्थित सिद्धिविनायक बहुद्देश्यीय सहकारी संस्थाको १६ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । स्थानीय श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सो सभा सम्पन्न भएको हो ।
    संस्थाका अध्यक्ष सुरविर कार्कीको अध्यक्षतामा भएको सो सभामा सचिव ऋषिकेश खनालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा आधा दर्जन बढी उत्कृष्ठ कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सभामा उपाध्यक्ष गणेश खत्रीले स्वागत मन्तब्य राखेका थिए ।
    त्यसैगरी मोरङको उर्लाबारी–७ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा यसको साधारण साधारणसभा सम्पन्न भएको हो ।
    संस्थाका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको सो साधारणसभामा सचिव लोकनाथ दाहालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारानाथ दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव सत्येन्द्रलाल कर्णले स्वागत मन्तब्य राखेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…