• तेह्रथुम । जानकी पोलिटेंक ईन्डस्ट्रिज प्राली. विराटनगरले तेह्रथुम जिल्ला   छथर गाँउपालिका,हमरजुङ्गमा  स्थापित शुभसन्देश वालवालिका सामुदायिक  क्लवलाई ५ सय लिटरको पानी राख्ने ट्याङ्की सहयोग गरेको छ । सो संस्थाले ग्रामीण क्षेत्रमा स्थापित वाल क्लवलाई समाजिक काममा खाने पानीको संचित गर्न सहज होस भन्ने आसयले सहयोग गरेको हो ।


    ईटहरिका कलाकार तथा निर्देशक प्रकाश सुब्बा को विशेस सहयोगमा उक्त क्लवका प्रतिनिधी प्रदीप लिम्वु र क्लव संरक्षक मदन कुमार  आज जानकी पोलीटेंक प्रा.ली मा पुगेका थिए ।


    २०७० सालमा स्थापित उक्त क्लवले विगतका दिनमा जनचेतना मुलक सडक नाटक ,वालवालिकाको प्रतिभा प्रस्फुटनका लागि साँस्कृतिक  कार्यक्रम  र हरेक साल दीपावलीको अवसरमा देउसी भैलो जस्ता कार्यक्रम गर्दै आएको छ । स्थानीय तहका  विभिन्न  कार्यक्रममा सहभागिता जनाउदै आएको छ ।

    मुनाफा रहित  क्लवको उदेश्य भनेकै नव पुस्तामा  मानव नैतिकता सभ्यताको विकास का लागी सहयोग गर्नु रहेको छ ।

    यस क्लव सँग ३० घरधुरी आवद्ध रहेका छन् । वैठक सन्चालन हरेक महिनाको मसान्तमा हुने  गर्दछ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…