• पोखरा । ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका–२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गर्यो । गत भर्दौ ८ गते उनले आफ्नै ११ दिने बच्चालाई बारीमा मारेर गाडेकी थिईन् ।

    थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको छोरी टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् ।

    राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् ।

    बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् । उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो ।

    त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…