• पथरीशनिश्चरे, २० असोज

    तिमल्सिना समाज मोरङले आज जिल्लाको पथरीशनिश्चरेमा आयोजित एक कार्यक्रमकाबीच तिमल्सिना सांसद धिरेन शर्मा तिम्सिनालाई सम्मानित गरेको छ ।

    इलाम २ बाट प्रदेशसभा सांसदमा निर्वाचित नेकपाका केन्द्रीय सदस्य धिरेनलाई समाजका जिल्ला अध्यक्ष सञ्जय तिम्सिना सहितले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।

    त्यसैगरी, तिमल्सिना समाजमा रहेर शान्ति सुरक्षाको काममा सक्रिय बन्नु भएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।

    दशैं, तिहार र छैठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा भएको कार्यक्रममा, माघमा जिल्ला अधिवेशन गर्ने निर्णय भएको सहसचिव निरोज तिम्सिनाले जनाउनु भयो ।

    २ महिनाभित्रमा तिमल्सिना समाजको स्थानीय तहका नगर र गाउँसमिति पुनगर्ठित गरिसक्ने समेत निर्णय भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…