• काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय सल्लाहकार तथा पूर्व उपाध्यक्ष दुर्गा राई नेपालकै महिला नेतृको रूपमा ‘राष्ट्रिय नागरिक सेवा सम्मान २०७५’बाट सम्मानित हुनुभएको छ ।



    नागरिक एकता समाजले राजधानी स्थित पर्यटनको बोर्डको हलमा शनिवार सम्माण गरेको हो । उहाँसहित विभिन्न विधाका २१ जनालाई पूर्व गृहमन्त्री तथा संघीय सांसद भीम रावलको हातबाट सम्मानितहुनु भएको हो । यसरी सम्मानितहुनेमा सञ्चार क्षेत्रकी नेपाल टेलिभिजनका समाचार सम्पादक अनिता विन्दु, पर्यटन क्षेत्रका पिताम्बर गुरुङ, शिक्षा क्षेत्रका सेमान्त सुवेदी, पर्यटन क्षेत्रका विक्रम चन्द लगायत सम्मानित हुनु भएको हो ।



     



    जयमध्ये दुर्गा राई नेपालकै महिला नेतृको रुपमा सम्मानित हुनु भएको हो । राई पूर्व नेकपा(माओवादी केन्द्र)को पोलिटव्युरो सदस्य तथा एकता पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को महिला नेतृ हुन ।



    २०१९ कार्तिक २७ गते भोजपुरको ट्याम्कैमैयुङ गाउँपालिका २ (साविक छिनाम्खु—२)मा जन्मिनु भएका राई २०३८ बाट तत्कालीन अखिल छैठौबाट विद्यार्थी राजनीति शुरु गर्नुभएको थियो । भोजपुर बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्षमा निर्वाचित भएर काम गर्नुभएको थियो । पार्टीको विभिन्न तहमा रहेर काम गर्दै मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा—माओवादीको केन्द्रीय सदस्यहुदै पार्टी



    एकतापछि माओवादी केन्द्रको पोलिटव्युरो सदस्य हुनुभएको थियो ।



    राईलाई पार्टीले पहिलो संविधानसभा र गत संघीय सभासदस्यमा समानुपातिक तर्फ उमेद्वार बनाएको थियो । उहाँ पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको पूर्व केन्द्रीय संयोजक तथा नेपाल आदिवासी जनजाति राष्ट्रिय महासंघको केन्द्रीय संगठन सचिव हुनुहन्छ ।



    समाजिक क्षेत्रमा राई समुदायको साझा संस्था किरात राई यायोक्खाको विभिन्न तहमा काम गर्दै केन्द्रीय उपाध्यक्ष तथा वर्तमान सल्लाहकार हुनुहुन्छ ।



     



    सिताराम कार्कीको नेतृत्वमा रहेको नागरिक एकता समाजले राजनीतिक तथा समाजिक क्षेत्रमा निष्ठापूर्वक आफूलाई समर्पित गरेको, सामाजिक विकृति विसंगति अन्त्य गर्न लागिपरेको संघर्षशील महिला नेतृको रूपमा सम्मान गरेको हो । समाजमा रहेको गरिबी, अशिक्षा, लैगिंक विभेद, न्याय र सम्मानताको लागि थप प्रेरणा मिलोस भन्ने कामना सहित सम्मान गरेको हो ।



    कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेससम्बद्ध संघीय सांसद राजेन्द्रकुमा केसीको समेत उपस्थिति रहेको थियो । ‘नेपालको आर्थिक संमृद्धि र सहकार्य राष्ट्रको लागि अपरिहार्य’ भन्ने मूल नाराको साथ अन्तरक्र्रिया तथा साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…