• कञ्चनपुर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको न्यायका लागि भन्दै आन्दोलनरत मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति र हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समितिकाविच आरोप–प्रत्यारोप मात्र नभई विवादले चरमशिखर चुमेको छ ।

    शुक्रबार अधिकारकर्मी भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महाकाली यातायातको बैठककक्षमा आन्दोलनबारे सरोकारवाला निकायसंग बैठक आयोजना गरेको थियो । उक्त बैठकमा दुवै समुहका महिला अगुवा एव अधिकारकर्मी बिच आ–आफुले आन्दोलनको नेतृत्वको शुरुवातदेखि गरेको र आफुहरुले मात्रै आन्दोलन गरेको विषयमा दावि गरे ।

    एक समुहका महिलाले अर्का समुहका महिलामाथी आरोपप्रत्यारोप लगाउदै आन्दोलनमा आ–आफ्नो ठुलठुलो भूमिका रहेको ठोकुवा गरेका थिए । निर्मलामा आमाबाबुलाई सुटुक्क राजधानी लगेर आन्दोलन तुहिएको दवावमुलक संघर्ष समितिको आरोप छ । भने नागरिक संघर्ष समितिका सदस्यले दवावमुलक संघर्ष समितिमा हेलन श्रेष्ठले रकम लगानी गरेको आरोप लगाएपछि बैठकमा बवाल मच्चिएको थियो ।

    नागरिक अगुवा र सरोकारवालाले एउटै उदेश्य, उही माग अनी किन दुई दुई समिति बनाएर हाईलाईट हुन खोजेको भन्दै उनीहरु दुवै समितिमाथी प्रशन खडा भयो ।

    बैठकमा दुवै समितिका संयोजक र पदाधिकारीको धारणा सुनेर थप आन्दोलनको कार्यक्रम तय गर्ने छलफल भईरहेको थियो, छलफलका क्रममा महेन्द्रनगरका स्थानीय सचेत युवा विमल खडायतले बन्दहडताल जस्ता कार्यक्रम फिर्ता लिएर शान्तिपुर्ण आन्दोलनमा जोडदिएका थिए ।

    अधिकारकर्मी नितु भट्टले विभिन्न समुहमा विभाजित आन्दोलनबाट निर्मलाले न्याय नपाउने ठोकुवा गर्दै समुहगत आन्दोलन तार्किक निष्कर्षमा नपुग्ने दावि गरिन् । एकजुट भएर न्यायको आन्दोलनमा होमिन उनले सबैलाई सुझाव दिईन् । कसैलाई जथाभावि आरोप लगाउन नहुने उनको आग्रह थियो । बरिष्ठ पत्रकार खेम भण्डारीले घटस्थापनादेखि छठसम्म आन्दोलन स्थगित गर्नुपर्ने सुझाव दिए ।

    पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थीले हिंसात्मक आन्दोलनबाट आफैलाई क्षति हुने भएकाले शान्तिपुर्ण संघर्षको विकल्प नभएको बताए । निर्मलाका छिमेकी एव राजपाका नेता अम्बादत्त तिवारीले नेतृत्वमा खिचातानी गर्नुभन्दा मिलेर आन्दोलन गरेमात्रै सफल हुने बताए ।

    कञ्चनपुरका अगुवाले समुहसमुह र गुटगत आन्दोलनबाट निर्मलाले न्याय नपाउने र केही व्यक्ति समुहको स्वार्थ सिद्ध हुने भएकाले एकजुट भएर आन्दोलनको विकल्प नभएको सुझाव दिएका थिए ।

    सहभागीले दुवै समितिका संयोजक र पदाधिकारीले न्यायका लागि दुई समुह किन भन्दै त्यसबारे धारणा माग गरेका थिए । नागरिक संघर्ष समितिका तर्फबाट नयाँ शक्तिकी नेतृ एव अधिकारकर्मी माया नेगीले घटना, आन्दोलन र दुई समुहबारे रिर्पो्टिङ्ग गरिरहेका बेला दवावमुलक संघर्ष समिति बिरोधमै उत्रिएका थिए ।

    अधिकारकर्मी नेगीले चारदिनसम्म आफुले आन्दोलन नेतृत्व गरेको दावि गर्दै हेलन श्रेष्ठले आन्दोलनमा लगानी गरेको अभिव्यक्ति दिएपछि श्रेष्ठ नेतृत्वका महिला अगुवा भण्डारी नेतृत्वकी अधिकारकर्मी नेगी बिरुद्ध खनिएका थिए । आफ्नो बेईजतीगर्न यहाँ बोलाएको भन्दै उनीहरु र भण्डारी नेतृत्वका महिलाविच चर्काचर्की भयो ।

    पेटिकोट आन्दोलनकी अभियन्ता एव अधिकारको क्षेत्रमा संघर्षरत सावित्री सुवेदी र माया नेगी लगायतका महिलाविच राष्ट्रिय महिला आयोगको विषयमा झन विवादै विवाद भयो । भण्डारी नेतृत्वकी अधिकारकर्मी लक्ष्मी मल्ल र हेलन श्रेष्ठविच मुखामुख विवाद भयो । हलभित्र विवाद भएपछि श्रेष्ठ नेतृत्वका महिला अगुवाले आफुहरुले शुरुवातदेखि आन्दोलन गरेको र भण्डारी नेतृत्वको संघर्ष समितिले आफुहरुले बेईजती गरेको भन्दै बैठक बहिस्कार गरेर बाहिर आएका थिए ।

    नागरिक अगुवाले दुवै समिति एकढिक्का गराएर निर्मलाको न्यायका लागि शसक्त आन्दोलन गर्ने सोच चकनाचुर भयो । श्रेष्ठ नेतृत्वका महिला बैठक बाहिस्कार गरेर बाहिर आएपनि भण्डारी नेतृत्वको समितिले घटस्थापनाको अघिल्लो दिनसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । नागरिक समाजका पुर्व अध्यक्ष एव बुद्धिजिवी नर बहादुर साउदले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

    साउदले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको मदनचोक भेटघाट चौतारीमा दुईसातादेखि नागरिक संघर्ष समितिले दिदै आएको धर्नालाई २३ असोजसम्म निरन्तर दिने निर्णय भएको बताए । उनका अनुसार २० साउनदेखि २३ सम्म उक्त चोकमा धर्नाका लागि पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीसंग अनुरोध गरिने गर्ने निर्णय गर्ने बताए । शुक्रबार पनि निर्मलाका बाबु भण्डारी नेतृत्वको संघर्ष समितिको धर्नामा बसेका थिए । यता श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समितिले समेत आन्दोलन निरन्तर जारी राख्ने जनाएको छ ।

    कञ्चनपुरका यातायात व्यवसायी, उद्योगी, शैक्षिक क्षेत्र, किसान लगायत सरोकारवालाले न्यायका लागि भन्दै गरिने आन्दोलन हिंसात्मक, तोडमोड, क्षति, ध्वङ्गसात्मक बन्दहडताले निर्मलाले न्याय नपाउने भन्दै घटस्थापनादेखि छठसम्म आन्दोलनको कुनै तुक नै नहुने बताएका छन् । तीज, गौरामा घाटा बेहोरेका महेन्द्रनगरका व्यवसायीले न्यायका लागि भन्दै अति गर्न नहुने तर्क समेत गरेका छन् ।

    कतिपयले आन्दोलन अर्थ्हिन आन्दोलन भएको टिप्पणी समेत गरिरहेका छन् । आन्दोलनमा टाउका गन्नजातिका सहभागि भन्दै अर्थ्हिन आन्दोलनको संज्ञा दिन लागेका हुन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…