• केशव न्यौपाने




    रङ्गेली / असोज २८
    मोरङको सुनवर्सि नगरपालिका स्थित झुङगी टोलका मानिक चन्द ऋषिदेवले पैसाकै अभावमा उपचार गर्न नसकेको बताउनु भएको छ । दुईवटा खुट्टा पोलियो रोगबाट अपांग भए पछि मानिक चन्द ऋषिदेवलाई अहिले आफ्नो ७ जनाको परिवार पाल्न सकस परिरहेको छ ।
    आफु पाँच बर्षको उमेरमा सामान्य खुट्टा दुखेको समस्या बाट पिडित भएको मानिकले बताउनु भयो ।
    आर्थिक अबस्था निकै कमजोर भएको कारण समयमै उपचार नहुदा अहिलेसम्म दुख भोग्नु परेको उहाँ बताउनु हुन्छ ।
    ४ दशक अगाडि पोलियो रोगले उनको दुईवटै खुट्टा गुमाउनु परेको हो ।

    सामन्य परिवारमा जन्मिएका मानिकको घरमा आमा पोसिया देवी ऋसिदेव, बुबा धनाई ऋषिदेव,श्रीमती ललिता ऋषिदेव,र दुई छोरी, एक छोरा गरि ७ जनाएको परिवार दुख गरेर पालिरहेको बताउनु हुन्छ ।
    आधा दसक अगाडिदेखि मानकले एउटा साने साईकल मर्मत गर्ने दोकान खोलेर आफ्नो परिवार पालिरहनु भएको छ ।उहाँलाई उक्त साईकल मर्मत पसल खोल्नको लागि लुथरन समुदायक कल्याण समाजले ४ हजार रुपैयाँ चन्दा दिएर सो साईकल मर्मत पसल खोलिदिएको हो ।

    बार्षिक ५ हजार रुपैया भाडामा लिएर दस धुर जग्गामा सानो घर बनाएर बसोवास गर्नुभएका मनिके एक दिनम साईकल मर्मत गरे बापत ३ सय रुपैया देखि ४ सय रुपैयाँ सम्म कमाउनु हुन्छ ।
    ‘एक जनाको कमाईले सात जनाको परिवार पाल्न बाध्य भईरहेको छ’ मानिक भन्नुहुन्छ । ‘आफु अपांग छु आमा,बुबा काम पनि गर्न सक्नु हुन्न पत्निले कहिलेकाही मजदुरी गर्ने जान्छिन । ’ मानिकका छोराछोरी समेत सानै उमेरका भएकाले उनीहरुलाई राम्रो साग पढाउन समेत नसकेको मन खिन्न पार्नु हुन्छ ।

    उहाँकी जेठि छोरी ७ बर्षकि छिन ,माईली,६ बर्ष र छोर २ बर्षको रहेका छन् ।
    ‘छोरा,छोरी लाई धेरै पठाउन नसके पनि यसो दुई चार अक्षर भए पनि पढाउनै पर्याे कापी ,कलम,लुगा किन्दीनै पर्यो जन्म दिने आमा बुबा पाल्नै पर्यो ।’ गहभरि आँशु पार्दै मानिक भन्नुहुन्छ ‘ अन्तै काम गर्ने जाउँ भने दुवै खुट्टा अपांग छ कसैले काम पनि दिदैन ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…