• मोरङ ।

    ‘आमा, दाई, भाउजु, दिदी र घर त जलेर खरानी भए, यतिबेला हामी भित्र आगो दन्किरहेको छ, मनहरु जलिरहेको छ’ इन्दिरा राईले आँखाभरी आशु पार्दै तीन हप्ता अघि जलेर मृत्यु भएका आफ्नो परिवारलाई सम्झिरहदा उपस्थित सम्पूर्ण छिमेकीहरुको आँखा त रसाए नै । धेरैजना डाकै छाडेर रोइरहेका देखिन्थे ।



    दृश्य मोरङ कानेपोखरी गाउँपालिका—३ हरकपुरको हो । असोज ५ गते राति आगलागिबाट एकै घरका ८६ बर्षिया आमा गंगामाया राई, ५६ बर्षिय छोरा चन्द्रकुमार राई, चन्द्रकी पत्नि ४९ बर्षिय पार्वता राई र ४६ बर्षिय छोरी विष्णुकुमारी राईको जलेर मृत्यु भएको थियो । चन्द्रकुमार र पार्वता राईको छोराछोरी अध्ययनको लागि काठमाडौंमा बस्दै आएको कारण बचेका हुन् । मृतककी अर्की छोरी÷बहिनी इन्दिराले आज (आइतबार) घट्ना स्थालमै आयोजित पत्रकार सम्मेलनमा थपिन ‘हामी हाँसेर बाँच्न सक्दैनौ, हाम्रो आमाहरुको फोटो छाँतिमा खोपेर जीउन बाध्य छौ ।’



    राजधानीमा रहेर शिक्षण पेशामा आवद्ध मृतकका अर्का छोरा रामकुमार बान्तवा र गैरसरकारी संस्थामा कार्यरत बहिनी इन्दिराले पत्रकार सम्मेलनको आयोजना गरी घट्ना स्वभाविक नभएर सुनियोजित अपराध भएको आधारहरु सहित जानकारी गराएका हुन् । घट्ना भएको २४ दिन वितिसक्दा पनि प्रहरीले अपराधिहरु पत्ता नलगाएकोप्रति आक्रोसितहुदै पीडित परिवारले तत्काल अपराधि पक्रन वातावरण मिलाइदिन मिडियासामु अनुरोध गरेकाहुन ।

    छोराछोरी अध्ययनको सिलसिलामा काठमाडौ अन्य परिवार रोजगारी लगायतको काममा रहेकोले उक्त घरमा नियमित रुपमा चन्द्रकुमार राई, आमा गंगामाया, पत्नि पार्वता बस्दै आएका थिए । बहिनी विष्णुकुमारी राई अघिल्लो दिन आम र दाजुभाउजुलाई भेट्न धरानबाट आएका थिए । घट्नामा चारैजनाको मृत्यु भयो ।



    आगलागिबाट २५ खम्बे जस्ताको छाना, सेन्टरबेरा भएको काठको घर, पावर टिलर(सानो ट्याक्टर), एउटा मोटरसाइकल, रंगिन टिभी, फ्रिज, सोलार पावर, गरगहना, नगद, अन्न, कपडा, फर्निचर, दोकानको सम्पूर्ण समाग्री गरेर ढेड करोडको समान जलेर खरानी भएको थियो । घट्नाबारे आगलागिको करण विद्युत सर्ट भन्ने सञ्चार माध्यमले गरेको प्रकाशन÷प्रशारण र मिडियामा जानकारी दिने प्रहरी तथा स्थानीयबासीप्रति गुनासो गर्दै घट्ना सुनियोजित हत्या भएको पीडित रामकुमार राईले दावी गरे । चारजनाको हत्या र डेढ करोडको क्षति हुनेगरी भएको योजनाबद्ध आक्रमणकारीहरुलाई तत्काल पक्रेर कारबाही गर्नुपर्ने पीडित पारिवारले माग रहेको छ ।

    आगलागि करिव २ बजे भएको थियो । टेलिभिजन, फ्रिज, बक्ति लगायतको विद्युत खपतको सम्पूर्ण बस्तु बन्द भएको बेला विद्युत सर्ट नहुने, कुनै छेउबाट आगलागि भएपनि चारजना मध्ये कसै न कसैले थाहा पाएर भाग्नु पर्ने, ढोका बन्दै भएपनि २० बर्ष अगाडिको सेन्टरबेरा(बाँसको टाँटी) फुटाएर बाहिर भाग्न सक्ने अवस्था रहेको पीडित रामकुमार राईको तर्क छ । आगोले पोल्न थालेपछि छिमेकीले चिच्यहट थाहा नपाउने गरी मुढाजस्तो चारैजना जल्न नसक्ने पीडित इन्दिरा राईको भनाइ छ ।

    आगलागि भएको छिमेकीहरुले थाहा पाउदा घर आधाजति जलिसकेको थियो । इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतको अनुसार दमकलले आगो निभाएर चारैजनाको शवहरु जलेको ठूटा जस्तो आधाआधा मात्र बाँकी थियो । पत्रकार सम्मेलनमा उपस्थिति कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले भने ‘घट्नाको प्रकृति हेर्दा चारैतिरबाट एकसाथ आगो लागेको सुनियोजित अपराध प्रष्ट देखिन्छ ।’

    घट्ना अध्ययन गर्न आएका जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई आफूले घट्ना सुनियोजित र संकास्पद देखिएकोले मिहिन अनुसन्धान गरेर अपराधि पत्ता लगाउन अनुरोध गरेको प्रमुख काफ्लेले बताए । आफूहरुले संकास्पद व्यक्तिहरुको नाम र विवरण दिदा समेत प्रहरीले अपराधि पत्ता लगाउन खास चासो नदिएको पीडित परिवारको गुनासो छ । पटक—पटक ताकेता गर्दा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले किटानी जाहेरी माग गरेको पीडित इन्दिराले बताइन । प्रनि कार्कीले पनि घट्ना संकास्पद नै देखिएको सहमत जनाए ।

    घट्ना भएको बेला आफू निर्वाचनमा खटिन सप्तरीमा भएको र आएर संकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको बताए । अपराधि एकिन गर्न ‘बिशेष’ प्रविधि प्रयोग गरेपछि केहीदिनमा अपराधि पत्ता लाग्ने प्रनि कार्कीको भनाइ छ । घट्ना संकास्पद हत्या भएकोमा पीडित परिवार मात्र नभएर गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, ३ नं. वडा अध्यक्ष किर्तिमान मादेन लिम्बू, इलाका प्रहरी कार्यालय पथरी प्रमुख प्रनि राजन कार्की, घट्ना स्थल वरपरका छिमेकीहरु सहमत देखिन्छ । तर, अपराधि को को हुन भन्ने बारेमा भने प्रहरीको अनुसन्धान फितलो भएको छिमेकीहरु र पीडित पक्षको बुझाइ छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …