• पथरी । याम्फु जातिको संस्कार र संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र सेनुङ - फु को यहि मिति २०७५ असोज २७ गते पथरी कंचन चलचित्र मन्दिरमा बिशेष शो हुँदै छ ।
    याम्फु किराँत समाजको निर्माण रहेको यश चलचित्रमा बिनोद याम्फु को लेखन तथा निर्देशन ,परिकल्पना/निर्माण संयोजक रन्जित गेसाको रहेको छ भने पटकथामा अशोक कुमार याम्फु र मुलुक सिङ् याम्फु को रहेको छ ।
    पुर्वी नेपालको निकै नै रमणीय तथा फ्रेश लोकशनमा छायांकन गरिएको चलचित्रमा याम्फु जातिको रहन सहन लाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको कुरा परिकल्पनाकार रन्जित गेसाले बताउनु भयो । निर्देशकका अनुसार यसमा याम्फु जातीको कथा उठान गरिए पनि यो बिशुद्द नेपालि चलचित्र हो ।
    कोशी भिजन फिल्मसको ब्यानरमा बनेको यश चलचित्रको लागत करिव ७० लाख रहेको छ । यसमा सोम याम्फुको संगीत राजेश पायल राई,मेलिना राई,प्रेम याम्फु र दिपेन राईको स्वर रहेको छ । त्यस्तै कलाकारहरुमा मेनुका याम्फु ,कंचन याम्फु,बिनोद याम्फु,रन्जित गेसा र रुबिना लामा आदि रहेका छन । केही समय पश्चात् अल नेपाल रिलिज गरिने कुरा पनि रन्जित गेसाले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…