• चर्चित गायक राजेश पायल राईको स्वरमा समावेश “मेरो मुटूको ढुकढुकी” गीतको म्युजिक भिडियोको छायांकन पुरा भएको छ ।

    मन्जुल मितेरीको शब्द, संगीत रहेको गीतमा नायिका शिल्पा पोख्रेल र नवमोडल दिपक न्यौपानेले अभिनय गरेका छन् । बालगायक अशोक दर्जीका पूर्व प्रेन्सीपल समेत रहेका न्यौपानेले भिडियोमा अभिनय गर्दा धेरै कुराहरु सिक्ने अवसर पाएको बताए । गीतको एरेन्ज बादल लिम्बूले गरेका छन् ।


    गोदावरीको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् भने छायांकन अर्जुन तिवारीको रहेको छ । गीतको भावलाई भिडियोले अझ शसक्त बनाउने निर्देशक बिज्ञान राईले बताए । भिडियो चाँडै नै सार्वजनिक गर्ने तयारी भईरहेको पनि निर्देशक राईले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…