काठमाडौं । गत महीनादेखि बेपत्ता रहेका पत्रकार तेजबहादुर खड्काको खोजीका लागि नेपाल प्रेस युनियनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ ।
प्रेस युनियन जिल्ला अध्यक्ष प्रकाश बलमले सहकर्मी खड्काको पुनःखोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाइएको बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले उनको पुनःखोजीका लागि पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।
रेडियो नेपाल दिपायल प्रसारण केन्द्रमा आबद्ध खड्का गत भदौ ९ गते बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउँबाट बेपत्ता हुनुभएको थियो । उहाँको खोजीका लागि गत महीना सुरक्षाकर्मी खटिए पनि कुनै पत्ता नलागेपछि टोली फर्किएको थियो ।