• उर्लाबारी असोज २८ गते । १४९ औँ गान्धी जयन्ती तथा १० औँ अन्तराष्ट्रिय अहिंशा दिबसका अबसरमा आज रतुवामाई ९ मा स्थानीय बिकासका लागि शान्ति बिषयक बिचार गोष्ठी गरिएको छ ।
    महात्मा गान्धि अध्ययन केन्द्रको आयोजनामा भएको बिचार गोष्ठीमा सहभागि बक्ताहरुले महात्मा गान्धीको चर्चा गर्दै शान्तिको उपरिहार्यताका बिषयमा बिभिन्न बिचार व्यक्त गरे ।
    कार्यक्रमका प्रमुख अतिथि पुर्वाञ्चल बिश्वबिद्यालय ,ब्यबस्थापन संकायका डिन प्रा. डा. खगेन्द्र आचार्यले स्थानिय बिकासका लागि सुशासन पहिलो शर्त रहेको उल्लेख गरे । स्थानिय तहका जनप्रतिनिधिहरुले नागरिकलाई सुशासनको प्रत्याभुति गराउन सके मात्र समाजमा शान्ति कायम गर्न सकिने उनको भनाई थियो ।

    शान्ति प्रबर्धनका लागि परिबारले नै आफ्ना नानिहरुलाई अनुशासन सम्बन्धि ज्ञान सिप प्रदान गर्न सक्नुपर्नेमा उनले जोड दिए । डा.आचार्यले भने‘समुदायमा शान्ति कायम भए मात्र बिकास निर्माणले गति लिन सक्छ ।’
    रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता चुंडालले समुदायमा अनुशासन खस्कदै गएकोमा चिन्ता ब्यक्त गरिन् । अनुसाशनको अभाबमा शान्ति कायम गर्न कठिन भएको भन्दै अनुसाशित बिद्यार्थी निर्माणमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ्र्र थियो । संबिधान र कानुनले उपमेयरलाई दिएको अधिकार आफुले उपयोग गर्न नपाईरहेको समेत उपमेयर चुंडालले गुनासो गरिन ।
    रतुवामाई नगरपालिका का कार्यकारी अधिकृत युवराज आचार्यले स्थानिय स्रोत साधनको पहिचान गरी तिनको उचित परिचालन गर्नु पर्नेमा जोड दिए । स्थानियताको प्रबर्धन शान्तिपुर्ण वातावरणमा मात्र संभब रहेको उनको भनाई थियो ।

    कर्यक्रममा स्थानिय बिकासका लागि शान्ति बिषयमै आयोजना गरिएको रतुवाामई नगर स्तरीय निबन्ध प्रतियोगिताका सर्बोत्कृष्ट बिद्यार्थिहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङं स्कुलका आकाश बरालले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरि दोस्रो हुने दाम्राभिट्टा इङ्गलिस स्कुलकी कोपिला राजबंशीले ७ हजार र तेस्रो हुने सुनबर्षी माबिका रिजन चौलागाईले ५ हजार रुपैया प्राप्त गरे ।
    कार्यक्रममा भुतपुर्व मोरंग जिबिस सदस्य चन्द्रबीर राई,सुनाखरी मिडिया प्रालिका अध्यक्ष मेघनाथ शर्मा कट्टेल,वडा अध्यक्षहरु गोपि चापागाँई र इन्द्र चोङ्गवाङ्ग,दुर्गा माबिका प्रधानाध्यापक जीत बहादुर कटुवाल , सरस्वती माबि इटहराका संयोजक थिरनाथ दहाल ,महेन्द्र माबिका प्राचार्य ज्ञानेन्द्र भट्टराई र सरस्वती माबि कल्याणपुरकी प्रार्चाय नर्बदा अधिकारीले महात्मा गान्धि दुरदर्शिता भएका व्यक्तित्व भएकै कारण उनका बिचारहरु अहिले पनि समयसान्दर्भिक भएको बताए । गान्धि जयन्ती तथा अन्तराष्ट्रिय अहिंशा दिबस अक्टुवर २ का दिन हरेक बर्ष अध्ययन केन्द्रले बिभिन्न कार्यक्रम गर्दै आएकोमा यस बर्ष उक्त दिवस दशैँमा परेकोले आइतवार कार्यक्रम गरिएको कार्यक्रम संयोजक युवराज पौडेलले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…