• मोरङ पथरीशनिश्चरेका गायक÷संगीतकार देव गुरुङले दशैंको अवसर पारेर ‘बिर्खे दाई...’ गीतको म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । सोमबार पथरीको रेडियो सिम्रिकमा भएको म्यूजिक भिडियो सार्वजानिक कार्यक्रममा उपस्थित सबैलाई सम्वोधन गर्दै गायक गुरुङले भने–‘दशैं तिहारको अवसर पारेर मैले यो गीतको म्यूजिक भिडियो आफ्नै युट्युव च्यानल जमर्काेबाट सार्वजानिक गरेको छु । आशा छ मन पराईदिनुहुनेछ ।’

    भिडियो सार्वजानिक कार्यक्रममा चलचित्र पत्रकार संघ प्रदेश नं. १ का अध्यक्ष सन्तोष राईले पोजेक्टरमा बटम दबाएर भिडियो सार्वजनिक गरेका थिए । चन्दु गोर्खालीको एरेन्ज रहेको सो म्यूजिक भिडियोको शब्द÷संगीत पनि स्वयं गायकले नै गरेका हुन् ।

    चाडमा चाँडै घर नपुग्दा घरमा रहेका परिवार र पर्देशमा स्वयम छोराले खेप्नु परेको पीडा बोधसहितको गीत निक्कै मार्मिक छ । गुरूङ गीत मार्फत थप्छन ‘दाईले सोधे दशैंमा आशिस थाप्न आउछ भन्दिनु, बैनिले सोधे तिहारमा मखमाली उन्नु भन्दिनु ।’ भर्खरै भिडियो सार्वजनिक भएको यो गीतको शब्द, संगीत र स्वर देव गुरुङ आफ्नै हो । काठमाडौंको आर.बी.स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज भने चन्दु गोर्खालीले गरेका छन् । दशैंतिहार जस्तो चाडमा समयमै घर नपुग्दा छिमेकी बिर्षे मार्फत खवर पाइएको सन्देश निक्कै नै मिठो भाकामा प्रस्तुत भएको छ । गीतसँग कथा मिल्ने परिवारलाई भाव विभोर बनाउन सक्छ ।

    देव गुरुङ मोरङको पथरीशनिश्चरे—१ स्थित पथरीका स्थायी बासिन्दा हुन् । उपत्यका बाहिर बसेर निक्कै लामो समयदेखि संगीतिक क्षेत्रमा निरन्तर लागिरहेका व्यक्ति हुन् गुरुङ । उहाँको ‘बिकम बारुलै’ एल्बमको गीत ‘सानोमा ढुङ्गा ओल्टाइ र पल्टाइ ठूलोलाई गल लाउला, बालखैदेखि पालेको केश बैसैमा हल्लाउला..., बोलको गीत दर्शक श्रोताले निक्कैनै रुचाएको थियो । निर्माणाधिन ‘पथरीशनिश्चरे’ नगरपालिकाको नगर गीतको संगीत देव गुरुङले नै भरेका छन । अमिर राईको एल्बम ‘शन्दर्भ’को छ वटा गीतमा संगीत तथा दुई वटा शब्द उहाँकै रहेको छ । एक समय निक्कै चर्चामा आएको गायक विनोद राईको ‘माझि दाई..., बोलको गीतको शब्द÷संगित गुरूङकै रहेको छ । मोरङका युवा गायकहरूको संयुक्त एल्बम ‘जमर्को’मा गुरुङले पनि गीत तथा संगीत भरेका छन् ।

    चर्चित गायिका मेलिना राईको स्वरमा रहेको केही गीतमा संगीत भरेका गायक तथा संगीतकार गुरुङ पछिल्लो समयमा गीत÷गंगीतमा व्यस्त बन्दै गएका छन् ।  उक्त म्यूजिक भिडियोलाई अर्जुन सेन्चरीले निर्देशन गरेका हुन् । सो म्यूजिक भिडियो हेरिसकेपछि सञ्चारकर्मीहरु सन्तोष राई, पर्शुराम न्यौपाने र गोपाल काफ्लेले भिडियोको बारेमा आ–आफ्ना कुरा राखेका थिए ।

    https://www.youtube.com/watch?v=ne0PAAS4CtQ&feature=share

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…