• तपाईले अहिले सम्म कतै सुन्नु भएकाे छ या पढ्नु भएकाे छ ,अर्काकाे देशमा पसिना बगाएर कमाएकाे रकमबाट अाफ्नाे देशमा सरकारले बुढापाकालाई बाड्ने बृद्व भत्ता जस्तै यहाँका मनकारी युवाले शारिरिक अशक्तलाई मासिक भत्ता प्रदान गरिरहेका छन् । धनमात्र भएर हुदैन मनपनि हुनुपर्छ भन्ने भावना बाेकेर सधै समाजकाे बिकास तथा गरीब,विपन्न दुखिहरूकाे लागि सहयाेगकाे मल्हम लगाउने समाजसेवी माेरङ रतुवामाई नगरपालिका वडा नं. ९ का युवा कृष्ण कार्की हुन् ।

    कर्मले हामी नेपालीलाई जहाँ पुर्याए पनि हाम्रो मन सधै मन नेपाल मै हुन्छ । बिदेशमा पैसा कमाउन जति दुख भए पनि बरू नेपालमा बसेका नेपालीका दुखले पिराेल्दाे रहेछ र हामी नेपालीकाे मन सहयाेगकाे भाबनाले पुलकित हुदाेरहेछ भन्ने उदाहरणिय पात्र बनेका कार्की काे जन्म २०४२ साल मंसिर २१ गते अाेखलढुगां जिल्ला मानेभञ्ज्याङ गाउपालिका वडा नं.९ मा भएकाे हाे । पिता चन्द्र ब. र माता नरमाया का काेखबाट जन्मेका साईलाे छाेरा हुन उनी । जीवनकाे अाराेह अबराेहकाे ऋममा बसाईसरी साविक ईटहरा हाल रतुवामाईनगर पालिका वडा नं. ९ अाउनुभएकाे थियाे ।

    पढाईकाे शिलशिलामा काठमाण्डाै र बिदेशमा बसेर उच्च शिक्षा हासिल गर्दै कलाकारिता क्षेत्रमा प्रबेश गर्नु भयाे । पढाई ,कलाकारिता सगै उहाँकाे मनमा याे देशमा नेताकाे चरित्र,देशकाे बिकाश भन्दा पनि ब्यक्तिगत बिकासमा लिप्त भइ भष्टचार,ब्रम्हलुट गरि देशलाई सक्ने खालकाे व्यवहार देखेर बितृष्णा लागेर अब युवाले देश बनाउनु पर्छ भन्ने कुराले मनमा सहयाेगकाे भावना जागेकाे बताउछन् ।

    हाल जापानमा रहेर पनि उहाँकाे मन नेपाल र नेपालीकाे सहयाेग गर्न नै तल्लीन उहाँलेे अाफ्नाे जन्मथलाेका असहाय पिडित,बृद्व,बालबालिकालाई सहयाेग ,भुकम्प पिडित,पहिराे पिडित तथा बिरामी लगायत हज्जाराै दिनदुखीहरूलाई सहयाेग गर्नु भएकाे छ । उहाले गरेका सहयाेगका वर्णन गरेर साध्य छैन उहाँले अाफ्नाे कमाईबाट माेरङकाे रतुवामाई
    नगरपालिकाका ८५ बर्ष माथिका बृद्व बृद्वा,असहाय,अशक्त लाई नगदलत्ता कपडा लगायतका सामाग्री सहयाेग गरिरहनु भएकाे छ । साथै उहाँले विभिन्न संघ सस्थालाई पनि उत्तिकै सहयाेग गर्नुभएकाे छ । यस्ता सामाजिक बिकास र अर्काकाे दुखमा मल्हम लगाउने मनका धनी सहयाेगी याे समाजमा बिरलै पाईन्छ । जति तारिफ गरेपनि समाजसेवी कृष्ण कार्कीकाे कमै हुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…