• गोपाल काफ्ले

    पथरी असोज २९ । मोरङको बेलबारी १० स्थित प्रस्तावित डाँगीहाट खेल मैदानमा भइरहेको दोस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा  आयोजक डिएफसि रातो बिजयी भएको छ । जितसँगै आयोजक फाइनल प्रवेश गरेको छ ।

    झापाको  एपिएफ पाथीभरा गणलाई २–१ गोलले स्तब्ध बनाउँदै आयोजक विजयी भएको हो । ६ जना राष्ट्रिय खेलाडी लिएर मैदान उत्रिएको आयोजकले खेलको ३२ औं मिनेटमा बिमल घर्तीमगरको पासमा दिपक राईले सुन्दर हेड गर्दै गोल गरे । दोस्रो हाफको ६७ औ मिनेटमा बिमलकै पासमा सुजल श्रेष्ठले गोल गर्दै २ गोलको अग्रता बनाए भने ६८ औ मिनेटमा एपि एफका बुद्धिमान राईले किपर किशोर गिरिलाई बिटमार्दै गोल गरे ।

    दोस्रो हाफमा निकै दबावमा राखेको आयोजकले निमै राम्रा अवसरहरु गोल गर्न बाट चुकेका थिए । बिमल घर्तिमगर, सुजल श्रेष्ठ, रजिन धिमाल, अन्नत तामाङ, प्रकाश बुढाथोकी, विशाल राई, दिपक राई सहित मैदानमा उत्रिएको आयोजकले दर्शकको साथ पाएनन । दर्शकको हुटिङ पाएको एपिएफले गोल गर्न निकै प्रायस गरेपनि गोल फर्काउन सकेनन र घर फर्किनु प¥यो ।

    खेलको म्यान अफ द म्याच आयोजकका दिपक राई घोषित भए ।

    खेलमा आयोजकका  रजिन धिमाल, दिपक राई र दिनेश राजबंशीले एल्लो कार्ड पाए भने एपिएफका सुमिन आलेमगर र निशान लिम्बुले कार्ड पाए त्यस्थै एपि एफका मेनेजर नारायण थापालाई अनुसासन तोडेको भन्दै रेफ्री श्याम दनुवारले खेल मैदान बाहिर निकाले ।

       भोलिको दोस्रो सेमिफाईनल खेल डि एफ सि निलो र रारा धनकुटा बीच हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…