• करण धिताल

    पथरी असोज २९

    पथरी शनिश्चरे ११ मोरङको पथरीशनिश्चरे स्थित वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ । प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै पथरीशनिश्चरे ११ ले फाइनलको यात्रा तय गरेको हो । पथरीले दिएको १ सय २८ रनको विजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको आयोजकले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ८९ रन बनाउन सक्यो । आयोजकका लागि विसाल राईले सर्वाधिक अविजित ३७ र कप्तान अनिस लुईटेलले १२ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वीरेन्द्रनगरलाई सस्तैमा समेट्नका लागि पथरीशनिश्चरे ११ का सुरज न्यौपानले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पथरीशनिश्चरेले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रनको योगफल तयार पारेको थियो । पथरीशनिश्चरेका लागि कप्तान एञ्जल राईले अविजित २९ र फडिन्द्र दाहालले १७ रन बनाए । वीरेन्द्रनगका लागि कप्तान अनिस लुईटेलले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच पथरी शनिश्चरेका सुरज न्यौपाने घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार हुने दोश्रो सेमिफाइनल खेलमा रत्न यूथ क्लब पथरी र हसन्दह क्रिकेट क्लब विच हुने आयोजकले जनाएको छ । तस्बिर ः पथरीशनिश्चरे ११ विरुद्ध बलिङ गर्दै आयोजकका खेलाडी ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…