•  



    -यमुना खनाल-



     



    सिरहा । सिरहाको पडरिया लहान नगरपालिकाकी सतौनी चौधरी र असवन्ती चौधरी बिहान उठ्दा सँगै उठ्छन् । एक जनाले चिया नास्ता बनाउछन् अर्कोले घर आँगन सफा गर्न तिर लाग्छन् । खेतबारीको काममा पनि संगसंगै देखिन्छन् दुबै जना । एकछिन पनि एकअर्कोबिच छुट्टिदैनन् ।



     



    गाउँलेहरु कति उनीहरुको मित्रता देखेर डाह गर्छन् । झट हेर्दा उनीहरुको व्यवहार घनिष्ट साथीको जस्तै देखिन्छ । तर, उनीहरु नाताले सासू बुहारी हुन् ।



     



    उनीहरुको उमेर बीच पनि समानता छैन । सतौनी ५५ बर्षिकी भईन् । भने असमन्ती २१ बर्षकी भईन् । उनीहरु सधंै, सधैं हाँसी खुशी नै हुन्छन् ।



     



    ‘विवाह गरेर म यहाँ आउँदा सात कक्षामा पढ्थे । त्यतीबेला म १५ बर्षकी थिए । काम केही जानेको थिइनँ’ असमन्तीले भनिन् । असमन्तीकी सासू उनका लागि सासू आमा मात्र होइनन् एक असल गूरु पनि हुन् । १५ वर्षमा नै विवाह गरेर श्रीमानको घर जाँदा उनले सामान्य काम समेत जानेकी थिइनन् । तर उनलाई सबै काम सिकाउने, पढ्नु पर्छ भन्दै हौसला समेत सासूले नै दिइन् ।



     



    ‘सासूले नै मलाई खाना बनाउन सिकाउनु भयो । काम धन्दा सबै सिकाउनु भयो । मेरो विवाहपछि पढ्नुपर्छ भन्ने पनि सोच थिएन । तर, सासूले तिम्रो पढ्ने बेला हो पढ म घरको काम गर्छु भनेर पढ्न पठाउनुभयो’ असवन्तीले भनिन् ।



    असवन्तीले अहिले १२ कक्षा पास गरेकी छन् ।



     



     



     



    सतौनीले बुहारीलाई घरभित्र मात्रै सिमित हुनु हुँदैन भनेर सामाजिक काममा लाग्ने हौसला दिईन् । सामाजिक कुरा बुझ्नुपर्छ । आफु अघि बढ्नुपर्छ भनेर बुहारीलाई साना किसान कृषि सहकारी संस्थाको समुह र शलहेश बिउ उत्पादन कृषक समुहको सदस्य बनाईन् । सतौनी पनि विभिन्न समूहमा बसेर काम गर्छिन् । उनी कुनै कार्यक्रमहरु भए बुहारीलाई पनि साथमै लिएर जान्छिन् ।



     



    संघ संस्थामा उठेका कुरा घरमा ल्याएर एक अर्कालाई सुनाउछन् । सतौनि भन्छिन् ‘सासू भनेको आमा हो । बुहारीलाई कस्तो बनाउने भन्ने पनि धेरै कुरा सासूकै हातमा हुँदोरहेछ । आफुले माया गरेपछि उनीहरुले पनि गर्न करै लाग्छ ।’



    अस्मन्तीलाई अहिले माइती घर र पराई घरबीच खासै फरक लाग्दैन । सबैको साथ सहयोग र प्रेरण पाएकोले खुसी छन् । अस्मन्ति भन्छिन् ‘माईती घरमा केही सिकेको थिईनँ । आमा जस्तै सासू पाएकाले जे सिके यहीँ घरमा आएर सिके । ’



     



    गाउँलेहरुलेहरु त कुन भगवानको पूजा र ब्रत गरेकी थियौ र यस्तो सासू पायौ भनेर सोध्ने गर्छन् । उनीहरुबीचको मित्रवत ब्यबहारले सबैलाई लोभ्याउछ ।



     



    धेरै परिवार सासू बुहारी बीच अनेक खालका लडाइँ देखिन्छन् । तर सतौनी र अस्मन्तीको जस्तै परिवारका सदस्यमा मित्रवत व्यवहार हुने भने परिवारमा शान्ति त छाउँछ नै आउने सन्ततिमा समेत राम्रो संस्कारको विकास हुने गर्दछ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…