• ३० असोज,२०७४ काठमाडौ

    छुट्टाछुट्टै वर्गका छुट्टाछुट्टै राजनीति हुन्छन। एक वर्गले अर्को वर्गमाथि गर्ने दमन नै राजनीति हो, आदिम समाजमा वर्ग थिएन त्यसैले त्यहाँ राजनीति पनि थिएन ,आर्थिक कारणहरुले नै राजनीति जन्माउछ |मार्क्सले राजनीतिक संघर्षलाई वर्ग संघर्षको उच्चतम अभिव्यक्त्ति हो भनेका छन् ।त्यसैगरी एंगेल्स भन्छन, “राजनीतिमा नलागेर पूर्ण तटस्थ बस्नु असम्भव कुरा हो ,आफुलाई तटस्थ बताउने प्रेस जगतले दिनदिनै राजनीति गरिरहेको हुन्छ ।कसले कस्तो राजनीति गर्छ र कुन रुपमा गर्छ भन्ने कुरा छुटै विषय हो।

    विश्वमा मार्क्सवाद र पुजीवादको अस्थित्व रहेको पाइन्छ,देशमा रहेको जातीय र वर्गीय समस्यालाई समाधान गर्न मार्क्सवादी बिचार उत्तम बिचार हो । मार्क्सवादी तथा साम्यवादी विचारको दृष्टिकोणवाट विश्लेषण गर्दा जाति, भाषा र धर्म सस्कृतिको समस्या पनि वर्गीय समस्याकै एकरुप हो।मार्क्सवादी वर्गसंघर्षको मुख्य राजनीतिक विश्व दृष्टिकोणको सारतत्व भनेको धनी र गरिब समुदाय बीचको अन्तरसंघर्ष मात्र नभएर विश्वको हरेक देशभित्र देखा परेको जातीय, भाषिक, धार्मिक, क्षेत्रीय तथा सास्कृतिक, सामाजिक,लैङ्गकि आदि विभिन्न विभेदको सम्बोधन पनी हो ।मार्क्सवादी राज्यव्यवस्था स्थापनाको निम्ति अल्पसंख्यक रुपमा रहेको मुठ्ठीभर सामन्त, जमिन्दार, पुजीपति, उद्योगपति, धनी शासक वर्ग र तिनीहरुको स्वार्थ अनुसार तयार गरिएको राज्य व्यवस्थाहरुलाई ध्वस्त परिदिनुपर्दछ ।

    राजनीतिक रुपमा या सशस्त्र क्रान्तिद्वारा उनीहरुको एकछत्र स्वामित्व तथा एकाधिकारमा कायम रहेको सम्पूर्ण भौतिक तथा आर्थिक सम्पत्तिहरु खोसेर बहुसंख्यकरुपमा रहेको गरिब तथा सर्वहारा वर्गहरुलाई समानरुपमा वितरण गराई दिनु पर्दछ । मार्क्सवादलाइ आधार मानेर गरिने क्रान्तिले नयाँ जनवादी राज्यमा समाजमा रहेको बहुमत श्रमिकवर्गको अधिनायकत्व प्राप्त हुन्छ।यस्तो व्यवस्थाले सामुदायिक स्वामित्वको बिकास हुनुका साथै बर्गबिहीन समाजको परिकल्पना गर्दछ , साम्यवादी समाजमा वर्ग विभाजित हुदैनन् साथै त्यहाँ राजनीति र राज्य दुवै हुदैनन् ।समाजबाट सदाको निमित्त शोषणको अन्त्य हुन्छ ।

    आर्कोतर्फ व्यक्त्तिगत स्वामित्वको विकास र सामुदायिक स्वामित्वको अन्त्यको साथसाथै मानिसहरुको बीचमा आर्थिक असमानता पनि बढ्दै जानुलाई पुजिबादी व्यवस्था भन्ने गरिन्छ ।पुजीवादी समाजको प्रमुख वर्गहरु नै बुर्जुवा वर्ग र सर्वहारा वर्गहरु हुन् । मुनाफाको होडबाजीमा बुर्जुवा वर्गले सर्वहारा वर्गको शोषण गर्दछ ।पुजीवादी व्यवस्था विकास हुदै जादा शोषणले बढी निर्मम रुप लिदै जान्छ , त्यसैले सर्वहारा वर्गले यी सब कुरा सहेर बस्न सक्दैनन र जबर्जस्त पचाउदै प्रतिवाद गर्नुपर्छ। पुजीवादको आन्तरिक चरित्र नै कस्तो छ भने यहाँ मजदुरले आफ्नो श्रमको फलबाट वन्चित रहनु पर्ने हुन्छ।

    त्यसैले त सर्वहारा वर्गको स्थितिले नै उसलाई बुर्जुवा वर्गको बिरुद्द संघर्ष गर्न बाध्य तुल्याउछ।पुजीपति बर्गसग उत्पदनाका सामग्रीहरु हुन्छन्।जसको कारण उनीहरुमा शोषण गर्ने किसिमको मनोभावना बिकास हुन्छ ।समाजमा निकै सानो संख्यामा रहने भए तापनि पुजीबादी क्रान्ति पश्चात उनीहरुलाई नै फाइदा पुग्दछ ।

    समाजमा अल्पमतमा पुजीपतिहरु रहने भएतापनि राज्यमा उनीहरुको नै अधिनायकत्व हुनेगर्दछ।समाजमा परस्पर विरोधी वर्गहरु भएपछि प्रत्येक ऐतिहासिक घटनाहरु कुनै न कुनै रुपमा वर्ग संघर्षसँग सम्बन्धित हुनपुग्दछन ।वर्ग संघर्षको इतिहासमा पुजीवादी व्यवस्था भित्रको वर्ग संघर्ष नै सबै भन्दा प्रष्ट एवं तिखो भएर अगाडी आउदछ किनभने पुजीवादले कारखानामा काम गर्ने श्रमिकलाई मात्रै होइन,भौतिकसास्त्री , भौगोलिकशास्त्री, कानून ब्यबसायी, पुजारी, साहित्यकार इत्यादी सबैलाई ज्यालादारी श्रमिकमा परिणत गरिदिन्छ। मुलत: पुजिबादी व्यबस्थाको अन्त्यका निम्ति मार्क्सवादी दर्शन अगाडि ल्याइएको हो तर नेपालि राजनीतिमा मार्क्सवादी दलहरुको गतिविधिले झन् पुजिबादलाई नै प्रसय दिएको स्पष्ट देखिन्छ ।

    राज्य सत्तामा पुगेर त्यसलाई अग्रगामी परिवर्तनको माध्यम बनाउने इच्छाशक्तिको अभावको कारण आजका मार्क्सवादी पार्टीहरु मार्फत मार्क्सवादी सत्ता स्थापना हुन् सकेको छैन। कम्युनिष्ट पार्टीका नेताहरूमा पार्टीभित्रै असैद्धान्तिक गठबन्धन गर्ने, सत्तास्वार्थका लागि रातारात विचार परिवर्तन गर्ने, आफूसँग असहमतहरू जतिसुकै योग्य भए पनि देखि नसहने जस्ता प्रबृत्तिको बिकासको कारण मार्क्सवादी सत्ताको बाटो अबरुद्दहुन् पुगेको छ ।चर्काचर्का नारा देखाएर जनतालाई भ्रममा पारि राज्यसत्तालाई सम्पत्ति, शक्ति र शान आर्जन गर्ने छोटो छरितो बाटोको रूपमा प्रयोग हुनु सर्वहरा बर्गको निम्ति अर्को विडम्बना हो।हाम्रो देशमा वामपन्थी दलहरूमा परिवर्तनको लागि भन्दा सत्ता भोगको लागि बढी चाहाना हुनथालेको छ ।

    यसैकारण राज्यसत्तालाई जनताको पक्षमा रूपान्तरण गर्दा भन्दापनि प्रभुत्वशाली वर्गको सहयोगीमा रूपान्तरित हुदाँ फाइदा हुने बुझ्दछन नेपालि मार्क्सवाद नामधारी दलहरु जो जातिहरुको, भाषाहरुको समानता स्वीकार गर्दैन, त्यसको वकालत गर्दैन र सम्पूर्ण जातीय उत्पीडन र असमानताको विरुद्द संघर्ष गर्दैन, उनिहारू मार्क्सवादी होइन। ऊनिहरू त केवल प्रतिगामी र नव अवसरवादी मात्रै हुन मार्क्सवादी राजनीतिशास्त्र अनुसार राज्यसत्ता भनेकै अधिनायकत्व प्रयोग गर्ने सस्था हो। त्यसैले प्रमुख दुइ वर्गहरु मध्ये एउटा त्यो वर्ग जोसँग उत्पादनका साधनहरु हुन्छन र अर्को त्यो जोसँग शारीरिक श्रम मात्र हुन्छ ,प्रथम शोषक वर्ग र दोश्रो शोषित वर्ग हुन् | पुजीवादी क्रान्तिबाट समाजको अत्यन्त अल्पमत पुजीपति वर्गको मात्रै हित हुन्छ भने सर्वहारा क्रान्तिमा समाजको बहुसंख्यक हिस्साद्वारा समाजको अत्याधिक बहुमतको हित हुन्छ ।

    बिगतका सम्पूर्ण ऐतिहासिक आन्दोलन अल्पमतका आन्दोलन त थिएनन तर प्राय: अल्पमतको स्वार्थका लागि सम्पन्न भएका थिए ।सर्वहारा आन्दोलन समाजको अत्याधिक बहुमतको हित स्थापित गर्ने सचेत आन्दोलन हो, यो स्वतन्त्र र अत्याधिक बहुमतको आन्दोलन हो।हाम्रो देशमा भएका बिगतका सम्पूर्ण ऐतिहासिक आन्दोलन बहुमतको(सर्बाहारा ) आन्दोलन थिए तर नेतृत्वको बेइमानीको कारण अल्पमतको स्वार्थका लागि सम्पन्न हुन् पुगे ।सर्वहारा आन्दोलन स्वयम सचेत आन्दोलन हो, यो स्वतन्त्र र अत्याधिक बहुमतको आन्दोलन पनि हो, तथापी समाजको अत्याधिक बहुमतको हित स्थापित गर्न आन्दोलन गरियो तर उपलब्धि ठिक उल्टो हुन् पुग्यो ।

    हाम्रो देशमा भएका कम्युनिष्ट पार्टीभित्रको बेथिति नै वर्गसंघर्षको मुख्य शत्रु हो।कम्युनिष्ट पार्टीहरु सत्तामा पुग्नको निम्ति जस्तोसुकै हर्कत गर्न पनि पछी नपर्ने प्रवृत्तिको कारण उनीहरु पुजिबादिहरुको रक्षा कवचका रूपमा रहेका छन् ।बहुसंख्यक मान्छेहरुको प्रतिनिधित्व गर्ने सर्वाहराबर्गको बलमा अगाडी पुगेका दलहरु पुजिबादी बर्गको भुलभुलैयामा रुमलिएर वर्ग उत्थानमा सधै उधासिन देखिएको कारण नै समाज परिवर्तनको आकांक्षा पुरा हुन् सकिरहेको छैन।हाम्रो जस्तो बिकासोन्मुख राष्ट्रमा भ्रष्टाचार,बेथितिको बिरुद्दमा उभिएर राजनीतिमा टिकिरहन केहि असहजता पक्कै आउछन् नै तर असम्भव भने छैन ।तर आज नेपालमा मार्क्सवादलाई स्वीकार गर्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्छु भन्ने दलहरू मिल्न नसक्नु नै सबैभन्दा ठुलो समस्या हो । उनीहरुको बिचमा मार्क्सवादलाई बुझ्ने बुझाइमा एकरुपता नहुनु एउटा समस्या हो ।

    मआर्क्सवादको अध्ययन र विश्लेषण विधिलाई राम्ररी अध्ययन गर्ने हो, त्यसलाई ठीक ढंगले ठम्याउने र व्यवहारमा इमानदार भएर कार्यान्वयन गर्ने हो भने निष्कर्षमा पुग्न नसकिने पनि होइन। तर यसका लागि नेपालका अहिलेका वामपन्थी पार्टीका नेताहरू सम्भवतः तयार छैनन्। किनभने नेताहरूको आ–आफ्नै महत्वाकांक्षा र सत्ताभोगका सपना छन्।नेपालको कम्युनिष्ट आन्दोलनका लाखौं कार्यकर्ताहरूले आज आ–आफ्नै पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था र आवश्यकता छ। नेताहरूका महत्वाकांक्षा पूरा गर्ने साधन र माध्यम बन्न उनीहरूले आफ्नो जीवन आन्दोलन र पार्टीमा लगाएका होइनौ भन्ने हिम्मतको बिकास गर्न आवस्यकता छ ।

    उनीहरूले समाजको अग्रगामी परिवर्तन र आम जनताको समृद्ध जीवनका लागि आफ्नो जीवन कम्युनिष्ट आन्दोलनमा अर्पेका हुन् भन्ने कुरामा कहिँ दुविधा छैन तर मार्क्सवादी सत्ता ,देशको स्वाधीनता र स्वाभिमानका लागि उनीहरुको नेत्रित्वले ठोष पहल गरेको पाइदैन । यस्तो अवस्थालाई उनीहरुले बेलैमा समिक्षा गरेर छिटोभन्दा छिटो देशको हित अनुकुल हुने गरि साम्यवादी व्यबस्थाको उद्देश्य राखेर पार्टी एकताको पहल गर्नु पर्ने देखिन्छ साथसाथै नेतृत्वमा बिकास हुदै गएको पुजिबादी ब्यबहारको कडा प्रतिबाद गर्नुपर्दछ ।

    अन्त्यमा पुजिबादी ब्यबस्था नै सर्वहाराको प्रधान सत्रु हो ।पूजिबादी राज्यसत्ताको सबै अधार स्तम्भ नढलाइ आम उत्पीडनामा परेका बर्ग, क्षेत्र र जातिहरुको उत्थान सम्भव छैन। त्यसैले सबै सर्वाहारा बर्गीय एकजुट बनौ र अहिलेको पुजिबादी व्यबस्था विस्थापित गरि मार्क्सवादी राज्यसत्ताको स्थापनाको जग हालौ।

    लेखक:शिवजी तिवारी
    अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वबिद्यालय

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…