• ३० असोज,२०७४

    परापूर्वकालमा अहिलेको पशुपतिनाथको मन्दिरको पारिपट्टी हामिले भन्नेगरेको श्लेष्मान्तक बन जहा श्लेष्मान्तक नाम गरेका नागराज गरुडदेखी डराएर कैलाशबाट अन्तर्ध्यान भै आजको श्लेष्मान्तक जङ्गलमा लुकेर बसेका थिए।

    भगवान शिवजिले जब श्लेष्मान्तकलाइ आफ्नो सामिप्यतामा पाउनुभएन ध्यान्दृष्टीले हेर्दा उक्त जङ्गलमा भएको चाल पाइ आजको Deer park मा एउटा विचित्रको मृग रुप धारण गरि श्लेष्मान्तकलाइ पच्छ्याउन थाल्नुभयो।तीन आंखा र एक सिङ भएको तेजवान मृगको स्वरुपमा भगवान शिवजी कयन दिन श्लेष्मान्तकमा नै रहनुभयो।

    उस समय ब्रम्हाजिको एक घन्टा आजको कल्की युगमा दशहजार वर्ष गनिन्छ, भनिन्छ।त्यतिका दिन शिवजी श्लेष्मान्तक जङ्गलमा रहि नागराजलाइ कैलाश फिर्ता गर्न अनेकौं अनुनय बिनय गर्नुभयो।

    श्लेष्मान्तक नागको गरुड देखिको त्रासदीका कारण नागराज संगै जान मानिरहेका थिएनन।लामो समय कैलाशमा शिवजी नहुँदा ब्रम्हा र विष्णुले शिवजी कहा छन भनी ध्यान्दृष्टिले हेर्दा शिवजी बागमती गंगाको किनारमा अवस्थित जङ्गलमा मृग रुप धारण गरि विचरण गरिरहनुभएको देखी उक्त जङ्गलमा आइ ब्रम्हा र विष्णुले अनुनय बिनय बिन्तिभाव गर्दा पनि शिवजी उहाको विचित्र रुप फेर्न मानिरहनुभएको थिएन ।

    कैलाश फर्कन मानिरहनुभएको थिएन।अनि बलजफती ब्रम्हा र विष्णुले मृगको सिङ्मा पक्डि जसरी पनि कैलाश लाने भनेर बल प्रयोग गर्दा मृगको सिङ तीन टुक्रा भइ भाच्चिएर एक टुक्रा अन्तर्ध्यान भै आजको पशुपतिनाथको ज्योतिर्लिङग प्रादुर्भाव भयो।भाच्चिएका तिन टुक्रा मध्य दुइ टुक्रा ब्रम्हा र विष्णुको हातमा रहयो।

    मृग अन्तर्ध्यान भयो।अनि ब्रम्हा,विष्णुले ति दुवै टुक्रा सिङलाइ पशुपतिनाथको ज्योतिर्लिङगमा चढाइ स्वर्गलोक जानुभएको कहावत यताउता ग्रन्थ र श्रव्यकथाहरुबाट थाहा पाउन सकिन्छ।



    लक्ष्मण चौलागाईं 

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…