• ३० असोज,२०७४ भोजपुर ।

    शिक्षा ऐन ,२०२८ सर्वप्रथम २०२८/५/२४मा राजाबाट लालमोहर सदर र प्रकाशन भई हाल सम्म अाठपटक संशोधन तथा चार पटक अन्य केहि ऐन संशोधन भएर बार्ह पटक संशोधन भईसकेको छ। तथापि अस्थायी शिक्षकका मागहरु २०४९ साल अघि देखि कै सम्बोधन भएको छैन सो को ज्वलन्त उदाहरण हो २०४९ अगाडि देखि निरन्तर शिक्षण पेसा गरिरहेका अस्थायी शिक्षकहरू ।

    विषेशत अस्थायी शिक्षकका समस्या समाधान गर्ने मुख्य ध्येयका साथ शिक्षा ऐनको अाठौ संशोधन २०७३/०३/१५ मा भएको थियो तर यो संशोधनले गरेको अस्थायी शिक्षकलाई सम्बोधन को कार्यक्रम अन्तरगत शिक्षकको स्थायी गर्ने प्रकृया अनुरुप शिक्षक सेवा अायोगले २०७३ चैत महिनामा अस्थायी शिक्षकले मात्रै परीक्षा दिन पाउने गरेर अान्तरिक विज्ञापन गर्यो उक्त विज्ञापन प्रतिशत निर्धारण गरेर अान्तरिकको मात्रै विज्ञापन भयो नियमित खुल्ला विद्यार्थीले कुनै प्रतिक्रिया जनाएनन भने उक्त प्रतिशत मै परिक्षा लेख्न भन्दै अधिकाशं शिक्षकले फारम बुझाए भने केही शिक्षकले गोल्डेन हेनसेकमा ।

    परीक्षा तोकिएको थियो ७४ सालको असार महिनामा। संविधानको मर्म र सिद्धान्त अनुसार तत्कालीन सरकारले वैशाखको मसान्तसम्म स्थानीय तहको चुनाव गर्ने कार्यतालिका अगाडि सार्यो,चुनावी कार्यक्रम र मधेस र मधेसीको अान्दोलन का कारणले थप अनिस्चित बन्दैगयो । चुनाव दुई चरणमा गरिने निधो सगै सबै किसिमका परीक्षाको मिति अदबदल भयो जुन स्वभाविक पनि हो ।गणतन्त्र पछिको नयाँ संरचनामा पहिलोपटक हुने स्थानीय तहको निर्वाचन र त्यसले देशमा ल्याउने नयाँ परिवर्तनको स्रिखला स्वीकार्नुको विकल्प थिएन ।

    तर त्यो समयले परेको प्रभाव फरक रहयो शिक्षाको क्षेत्रमा । जब स्पष्ट रुपमा शिक्षक व्यवस्थापनका विषय २०७३/३/१५ मा अायो सोको महिनौ सम्म न अस्थायी शिक्षक बिभेदकारी भनेर बोले न त सरकारले शिक्षक सेवा अायोगलाई एकवर्षमा शिक्षक नियुक्ति गर्ने गरि तथ्यांक नै उपलब्ध गरायो । २०७४ असारमा तीन तहका शिक्षकको पदपूर्ति गर्ने गरि गरिएको तीनवटा नम्बर पद्धतिको विज्ञापन भए पछि मात्रै विभेद भयो भनेर अस्थायी शिक्षकले अान्दोलन घोषण गरे जुन अाठ महिना अगाडिको संशोधनमा नै प्रष्ट लेखिएको थियो ।

    नेपालमा सरकार र मन्त्री फेरिन रातभर मात्रै लाग्छ कारण कसैले स्पष्ट बहुमतबाट चुनाव जितेको छैन सो कारणले गर्दा शिक्षामा राजनीति गर्ने नेपाली नेतालाई ठुलै टेको पुगेको पाईन्छ । परीक्षा अझै अनिसस्चित। पहिलोपटक परीक्षा सारेर भाद्र महिनामा गरिने निधो भयो । शिक्षक राम्रो सग चुनावी प्रचारप्रसार गरे अाठौ संशोधनको धज्जि राम्रो सग उडाईयो। किनभने शिक्षकले राजनीति गरेको प्रमाण पुगे शिक्षकबाटै हटाउने भन्ने छ कोही हटेनन तर धेरै गरे । परीक्षाको मिति सारिएको थियो एकातर्फ भने अर्को तर्फ असमान विज्ञापन खारेजी र एकै प्रकारको विज्ञापन माग गरियो जुन स्वभाविक थियोे ।किनभने अस्थायी शिक्षक नियुक्त गर्दा कसैलाई पनि समयका अाधारमा स्थायी प्रकृयाको विज्ञापनमा समाबेश हुने उल्लेख छैन विचार सरकारले गरि गएछ।

    नवौ संशोधनको ड्राफ र सोको प्रमाणिकरण : पटकपटक अाठपटक सम्म संशोधन भएको शिक्षा ऐन , २०२८ ले लागु हुदा तत्कालीन पञ्चायती व्यवस्था अनुकूलको जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको र अहिले लोकतान्त्रिक गणतन्त्र सम्मको यात्रा भईसक्दा समेत अर्को छुट्टै ऐनमा नअाउनु अाफैमा शिक्षा प्रतिको गौह्रजिम्वेवारी हो भन्ने ठम्याइ छ। शिक्षा प्रति राज्यको उदाशिनताको गतिलो प्रमाण हो यो । अाठौ संशोधनले अस्थायी का मागलाई राम्रो सम्बोधन गरेन भनेर हालकाे सरकार र शिक्षा मन्त्रीले नै बोलेपछि अघिल्लो सरकार र हालको सरकार का शिक्षा मन्त्रीबीच दोहोरी नै चल्यो यसले गर्दा शिक्षामा घुनहरु पिसिन्छन भने प्रमाण राम्रोसँग देखियो र सो को असर शिक्षकको अान्तरिक परीक्षा र खुल्ला खुलाउने विज्ञापनमा समेत परिरहेको छ।

    गत अाइतबार ९/१० अोटा विधेयकहरु सम्मानित राष्ट्रपति मार्फत प्रमाणीकरण भयो तर शिक्षा ऐनको नवौ संशोधन परेन । अाखिर किन ? के अहिलेको नवौं संशोधन मस्यौदामा अहितका विषय छन् ? उसो भएको किन गरिन्छ शिक्षामा राजनीति र किन खेलीन्छन दोहोरी सरकार परिवर्तन सगै? सबै अनुत्तरित प्रश्न छन।यसको राज बुझ्ने कोही छन सबै होइन । दोस्रो मित अगाडि सम्म अर्थात वैशाख देखि भाद्रसम्म अस्थायी शिक्षकलाई विद्यालयमा विद्यार्थीलाई सिकाउने वातावरण नै बनाएन।

    किनभने शिक्षक अाफै दौडमा थिए अाफ्नै अान्तरिक तयारी जुटिरहे जुन अावस्यक पनि थियो अाफै मरणमा रहदा अरुलाई कसरी बचाउने ? फेरि परीक्षा अनिस्चित बन्दैछ अबको शिक्षण र सिकाई कस्तो बन्दै जानेहो? यो वर्षकै शैक्षिक नतिजामा प्रश्न चिन्ह लागेको छ।सबल ,सक्षम , दक्ष नवप्रवर्तन गरेर शिक्षाको गुणस्तर उकास्न सक्ने अान्तरिक र प्रतिशतले छोएको जति खुल्ला शिक्षक नियुक्ति चाडै होस र अस्थायी शिक्षक र शिक्षा क्षेत्रमा देखिएका मुद्दा चाडै समाधान राज्यले गरोस जय शिक्षा ।

    लेखक:- सुनिल निरौला , खोटाङ साउने चौर- ३! शिक्षक:- ठोट्नेरी मावि कुलुङ-२ भोजपुर ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…