• ३१ असोज,२०७४,मङ्गलवार काठमाडौं

    चारैतिरबाट पहाडले घेरिएको दक्षिण पूर्व शिवपुरी ,उत्तर पश्चिम फुलचोकी र नागार्जुन डांडाहरुले घेरिएको काठमाडौंको खाल्डोमा अवस्थित एक अग्लो डांडाबाट मेरा आखा उपत्यकामा ओच्छ्याउदै नजर लगाउदा घेरिएका पहाडरुलाइ समेत छिचोलेर उच्च स्थानबाट शोभायमान उज्यालो पहाड गणेश र जुगल/ ल्हाक्पा हिमालले हाम्रो मातृभुमी मनमोहक देखिएको छ,गर्वबोध हुने गर्छ।तर सतहमा काठमाडौं पस्न मन लाग्छ;देखिन्छ जताततै फोहोरको थुप्रो,निर्माणाधिन फराकिला सडकमा उड्दै गरेको धुलो अनि प्रभातको मिर्मिरेमा जल्दै गरेका प्लास्टिकजन्य पदार्थहरु त्यतिबेला त्यो शोभायमान प्रकृती हराउदै गरेको आभास अलि तितो लाग्छ भने निसास्सिएर हिड्नु पर्ने बाध्यता हामिमाझ छ।केहिदिन अगाडी मैले इङ्ल्यान्डकि नागरिक एकजना महिला Imma luis र डेनमार्क कि charlotte westerlund दुई जना मित्रहरुलाई काठमाडौंको न्युरोड्मा भेटेको थिएं।

    नेपालको सन्दर्भमा उनिहरु अरु केहि कुरा गर्दैन थिए।तर भन्ने गर्थे ;लक्ष्मण, यहा हातमा लगाउने सेतो रबरको पन्जा कहाँ किन्न पाइन्छ?अनि मैले किन होला प्लिज भनेर सोधेको त जताततै फ्याकिएका फोहोरजन्य वस्तुहरु संकलन गर्न अरे । अनि म लज्जित भएको अनुभव भयो।कहाँ इङ्ल्यान्ड / डेनमार्कका नागरिक जथाभावी फ्याकिएको फोहोरको तत्कालीन व्यवस्थापन बारे कुरा गर्छन भने यहाँ कै हामी आदिवासी नेपालीहरु सडक मैल्याउछौं,वातावरण प्रदुषण बनाउन भुमिका खेल्छौं,अनि त्यही फोहोर वयवस्थापनको नाममा राजनिती गर्छौं तर फोहोर र प्रदुषण झनै मौलाउनु फोहोरी सभ्यता भनेर आरोप लगाउन मन लाग्छ।शहर सफा गर्ने अभियान सरकारले चाहेर मात्रै सम्भव हुदैन,सरकारले त देखावटीका लागी दुइ चार दिन हरियोपरियो काठमाडौं बनाइदिन सक्छ तर हामी सर्वसाधारण त्यो हरियोपरियो र सुग्घर सफा अनि शान्त र समृद्ध बिरोधि कार्य गर्छौं भने हामी यो राजधानी काठमाडौंको सफा मुहार देख्नबाट बिमुख हुनु स्वभाविक हो। भारत घुम्ने क्रममा जब म कलकत्ता कटेर उडिसा तिरको रेलमा यात्रा गर्दै थिएं,लाज शर्म पचेको भारतिय स्वरुप स्टेटै पिच्छे देख्थे,रेलवे मार्गको छेउ छेउमा भारतियहरु टोइलेट गरिरहेका,लाजहरु मृत भएका तश्विरहरु देखि रहन्थे तर अहिले उस्तै तर भिन्न प्रकृतिको फोहोरी प्रवृत्ति काठमाडौंमा देखिनु छिमेकिको वंशाणुगत गुण सरेको हो कि भनेर आरोप लगाउन मन लाग्छ।

    पवित्र गंगा भनेर श्रध्दा गरिने बागमती नदिमा नाली मिसाइदिएर पशुपतिको शिवलिङगमा बागमतीको जल चढाउने धर्मावलम्बीहरु देख्दा हाम्रो कुरुप हुदै गरेको वातावरण उपर प्रश्न गर्न मन लाग्छ।सडकमा फोहोर फ्याक्ने,नदिमा नाली मिसाउने र प्लास्टिकजन्य पदार्थहरु जलाएर वातावरण प्रदुषण बनाउनेहरुलाइ गम्भिर अपराधीको सूचीमा राखेर कानुनी उपचार प्रकृया अघि बढाइदियो राज्यले भने हिमालयको काखमा अवस्थित राजधानी काठमाडौंले सफा र फ्रेस हुन पाउथ्यो कि ?

    अनुत्तरित प्रश्नहरुले झक्झक्याउने गर्दछन। उपत्यकाको फोहोर व्यवस्थापन वैज्ञानिक र दीर्घकालीन नभएको कारण उपत्यकाको सुन्दरता तथा उपत्यकावासीको स्वास्थ्यमा दिनानुदिन प्रतिकूल असर त परिरहेको छ नै भलै प्राकृतिक रुपमा पनि यसले वातावरण नै अशुद्द र हानिकारक बनाइरहेको प्रती १३ अर्वका बजेट बिनियोजन गर्ने अधिकारीहरु बेखबर छन कि जस्तो लाग्छ।दुनियामा कहि नभएको फोहोरी राजनिती जस्तै काठमाडौंको तस्वीर देख्दा अन्तरास्ट्रिय पर्यटनमा नै ह्रास आएको प्रती शहरी विकाश मन्त्रालयको चासो कहिले जोडिन्छ र हामी माझको विडम्बनाको अन्त्य हुन्छ भनेर प्रश्न गर्न मन लाग्छ।सर्वेक्षण ानुसार हाल सिसडोलमा रहेको फोहोर फाल्ने ठाउँमा भक्तपुर नगरपालिका बाहेक उपत्यकाका १८ नगरपालिकाले दैनिक एक हजार टनभन्दा बढी फोहोर फाल्दै आएका छन्।यसरी फालिने फोहोरलाई उचित व्यवस्थापनको विकल्प नसोच्नुले नै हामिले बेफाइदा मात्र ग्रहण गर्न परिरहेको छ।

    यसको लागी काठमाण्डूको फोहोरलाई छुट्टयाउने, कम्पोष्ट मल बनाउने, अलिकति बिजुलीबत्ती जस्ता उर्जाहरु निकाल्ने, सबै फोहोरको २० प्रतिशत मात्र नष्ट गर्ने र त्यो भन्दा अगाडि सबै फोहोर पुन: उपयोग गर्ने हो भने हामी सफा /सुन्दर र समृद्द महानगर,नगर,गाउँ र टोलवासी बन्न पाउनेछौं।फोहोर व्यवस्थापन कार्यमा फोहोर सङ्कलन गरेर मात्र हुँदैन, सङ्कलित फोहोरलाई प्रशोधन गर्ने विधि र स्थानको व्यवस्थापन गरिने स्थानको वैज्ञानिक विकास तथा नगरपालिकाहरुले फोहोर व्यवस्थापन लिने नीति महत्वपूर्ण हुने कुरामा राज्यले बेवास्ता जनाइरहयो भने हामी दुनियाको फोहोरी राजधानी भएको देशको नागरिक बन्न विवश हुनेछौं ,जुन विवशताले मानव स्वास्थ्य मात्रै नभै पर्यटन र राष्ट्रिय परिचयमा नै आच आउने छ, ह्रास आउनेछ।

    काठमाडौँ उपत्यकामा निस्कने फोहोरमैला व्यवस्थापनका लागि दिगो रुपमा समाधान हुने उपाय बेलैमा अपनाउन सकिएन भने हामी विरुप राजधानी भएको देशका नागरिक बन्न विवश हुनेछौं।राजधानी र शहरी क्षेत्रमा बस्ने नागरिकहरूलाई सेतो पन्जा देउ र फोहोर व्यवस्थापन यथाशीघ्र गरेर सरसफाइलाई प्राथमिकता देउ अनि मात्रै देश समृद्द र सुन्दर बन्नेछ।नत्र यहि फोहोरको राजनितीले मात्रै बढावा पाउने कुरामा निसन्देह मान्नु नपर्ला। चेतना भया ।

    भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…