• ओम आचार्य

    पुर्व माओवादी पाटी का अध्यक्ष /त्यसपछी ने क पा एमाले र माओवादी पाटीको मिलन पछी निर्मित ने क पा का दुइ अध्यक्ष मध्ये का प्रचण्ड दाहाल वाट "सरकारले सन्तोषजनक काम गर्न नसकेको र यही अवस्था रहे दुइ तिहाइ को सरकार सकिने अवस्था आउने "संकेत व्यक्त गर्नु भएको छ ।अहिले ने क पा को दुइ तिहाइ सरकार निर्मित भएदेखी सरकार दिनप्रतिन अलोकप्रिय हुदै गएको ,वलत्कार हत्या हिंसा , कर वृध्दी , महँगी पेट्रोल डिजल लगायत सवारी भाड़ा मा वृध्दी लगायत सरकारको स्वेच्छाचारी प्रवृती , आफ्नो उपस्थिती वाहेक अन्य कसैको उपस्थिती नदेख्ने सर्वसत्तावादी एव अधिनायक प्रवृती कै कारण सर्वत्र आलोचना भइरहेको अवस्था राजनीतीमा "समयानुकूल खेल खेल्न खप्पीस " प्रचण्ड को यो अभिव्यक्ति आफ्नो राजनीतिक शाख़ , वर्चस्व रक्षाकै लागी आएको हो ।माओवादी पाटी का अध्यक्ष प्रचण्ड ले ने क पा एमाले संग पाटी विलय गरे देंखी र दुइ तिहाइ सरकार निर्माण भएपस्चात उचित अवसर , उचित मुंध्दा को प्रतिक्षामा रहेको र यो अवसर उचित समय प्रचण्डले देख्न थालेको ले यस्तो अभिव्यक्ति आएको हो ।

    प्रचण्ड अर्थात ने क पा अध्यक्ष पनि हुन र पुर्व माओवादी पनि सरकारमा प्रभाव र उपस्थिती देखाउन सक्ने हैसियत का मन्त्रालय लिएर वसेको अवस्थामा प्रचण्डद्वारा " सरकारले सन्तोषजनक काम गर्न नसके दुइ तिहाइ सकिने " भनेर अभिव्यक्ति आउनु सम्भवत सरकारको नेतृत्व लिएको पुर्व एमाले लाइ संकेत गर्न खेजेको र यो संकेत प्रधानमन्त्री के पी ओली को पछिल्लो अभिव्यक्ति " अरिंगाल "पनि अलोकप्रिय को सर्वाधिक कारक हो भन्ने क़ुरा ने क पा भित्रैका घनस्याम भुसाल कै अभिव्यक्ति लाइ पनि लिन सकिन्छ र यसै क्रममा आफु र आफ्नो सहकर्मीलाइ मौजुदा मुलुकमा घटिरहेको अलोकप्रिय निर्णय र घटनाहरुवाट वर्तमान सरकारको नेतृत्ववाट सर्लक्क निस्केर आउने संकेत लाइ लिन सकिन्छ।

     

    प्रचण्ड थाइलैण्ड गएर फर्किदा देखी सरकारको स्थिरता मा प्रस्न उढन थालेको र यस विसयमा समचारले स्थान पाउदै गरेको मा उनि भारत भ्रमण मा जानु पुर्व पनि उन्को भारत भ्रमणमा यस्तो अवस्थाको टिप्पणी आएको र भारत भ्रमणमा रहदै सरकारको स्थिरता मा सन्देह पुर्ण को समचारले निक्कै प्रमुखता पाएको र याहा सम्मकी प्रधानमन्त्री को नाम सम्म वाहिर आउन थालेको अवस्थामा प्रचण्डको यो अभिव्यक्ति को वर्तमान राजनीतिमा अर्थ देख्न र खोज्न थालिएको छ र यसैक्रमा यो टिप्पणी आएको हो । दुर्भाग्य त के हो भने "स्थिर सरकार र सम्वृध्दी र विकास " को नारा वाट उदाएको यो सक्ती मा यति छिट्टै निराशाजनक अभिव्यक्ति आउनु र आफ्नो त्यो नाराको पथमा विचलन देखिनु निस्चय पनि राम्रो होइन । नेपालकै इतिहासमा सर्वाधिक सक्तिशाली सरकार ले सन्तोषजनक काम गर्न नसकेको त्यो पनि जुन पाटीको सरकार छ तै पाटी को अध्यक्ष वाट यस्तो अभिव्यक्ति आउनु ले धेरै संसय पैदा गर्छ र त्यो संसय चै संघिय गणतान्रीक व्यवस्थामा गर्न नपरोस ।

    यसो भने पनि नेपालमा आन्तरिक पाटीहरुको विचलन वाटै ,गुट , उप गुट वाटै प्राप्त गरेको , प्राप्त भएको उपलव्धी गुमाउदै गएको विगत को राजनीतिक घटनाक्रम वाट देखिएको छ र अव त्यो स्थिती ने क पा को सघारमै पुगेको देखिन्छ । , संघारमा रहेको यस्तो विचलनको स्थिती भित्र पनि हैन वाहिर पनि हैन द्विविधा मा रहेको ने क पा लाइ ने क पा अध्यक्ष एवं प्रधानमन्त्री रहेका के पी ओली ले संघारवाट भित्र प्रवेस गराउन सकेन भने प्रचण्ड ले भने जस्तै संघारवाट बाहिर आउन कुनै अपठ्यारो हुने छैन। यि दुइको समिकरण विग्रिए भोलि एक अर्का ले यस्लाइ अन्तरघात भयो भन्ने छन र राजनीतिक विश्लेषकहरुले यस्लाइ अन्तरघात कै नाम दिने छ ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…