• १ कार्तिक,२०७४(बुधबार) काठमाडौं 

    हामी हाम्रा यादहरु पाल्दै बस्यौं,कहिले विवाद गर्थ्यौ ,कहिले विभिन्न आरोप प्रत्यारोप लगाउथ्यौं।केहि समय सामाजिक संजालमा पनि ब्रेक लगाउथ्यौं,उनी उता रुदै ,खाना पनि नखाइ बस्ने म यता केही पनि काम नगरी बिछोडको पीडा जस्तो महसुस गरिरहन्थें।हामी जतिबेला नमोबुद्दमा घुम्यौं,त्यहा बाट देख्न खोजेको गौरिशंकर र जुगलले छोपिनुपरेको बाध्यतालाई मिस गर्दै हिमालयको तस्वीरहरु अपडेट गर्थ्यौं,उनी कहाँ को सग ब्यस्त म कहाँ को सग ब्यस्त बिच हाम्रो युद्द चल्थ्यो,तर बारबार मनभित्र प्रश्न उब्जिरहन्थ्यो,धेरै प्रेम भए पछि निन्दा ज्यादा हुन्छ हो?खै किन हो आफ्नो मान्छे प्रती धेरै निन्दा गर्दा कहिकतै त्यो निन्दा प्रेम नभएर चियो र चर्चो बन्दो रहेछ।तर हामी विच चियो चर्चोका निन्दाहरु मेसेजमा प्रवाह हुन्थे।

    मध्यरात्रीमा आकाशमा जुन हेरेर उनी हासेको अनुभूति खोज्न डेराको बाहिर पटि निस्केर आकाश तर्फ हेरिरहन्थे।बादलले जिस्काइरहेको अनुभूति हुन्थ्यो,अनि उनी ती ठुला ठुला आँखा पल्टाउदै म सग रिसाएको अनि खिन्न भएको सेल्फी खिच्दै बादलले छोपिदै गरेको अनुभूति अत्यन्तै बढ्थ्यो।आखिर् माया न हो जता पनि खोज्न मन लाग्ने,झरना,पार ्क,बगैचा र रात्रीका सपनीहरुमा नै उनै कृतिको नजरले मलाई बोलाइरहेको आभाषले त्यो साचो मनको सत्य माया प्राप्त अब पनि होस नहोस तर पनि मेरो मनको नेटवर्क उनकै मन तिर आकर्षित भैरहयो।

    पलपल मरि मरि बाचिरहेको जस्तो आभाषले टाउको गर्हौं भैरहयो।उनका हरेक शब्दहरु बाट निर्मलता छाउछ,कोमलताले स्पर्श गर्छ अनि उकुसमुकुस भएको मन पनि सरल र शान्त बनाइदिन्छ,खै उनैको नामले मलाई कहिले हसाउछ,कहिले लोभ्याउछ त कहिले जलन मात्रै बनाउछ। कतै पनि नरमाउने मन कतै गएर समाहित भएको ले नै होला उनैको यादले स्मृती भरी यादका सुन्दर फूलहरु रोप्छ।

    सुन्दर रङ्गमा फुल्दछन आत्मिय बगैचाका डालीहरु।साच्चै मैले कहिले पनि अनुभुतिबोध नगरेको मेरो जीवनले उनको नाम कहिल्यै नमेटिने गरि सजाएको छ।तर खै कतिपय बेला मन एकदम टोहोलो हुन्छ,अनेकन भ्रमहरु उब्जिन्छन,अनेकौं अप्ठ्याराहरु समाधान गर्नै बाकी छन र जीवनका लागि नगरी नहुने दर्जनौं जिम्मेवारहरु अझै पनि पेन्डिङ्मा छन अनि बक्यौता जीवनको पर्खाइमा दिन पनि महिना बनिरहेको छ,महिना वर्ष जस्तै गरि ब्यतित हुदैछ।

    तस्वीर उनको हेरेर उनिसंगै भएको अनुभूति गर्छु,फोन गरेर उनको आवाज सुन्ने गर्छु अनि घरिघरी उनैलाई मिस गर्दै म चाहिँ कतै टाढा प्रवासमा भएको जस्तो अनुभुति बोध गरेको छु।कहिलेकाही सन्जोग कस्तो पर्छ अब म फोन गर्छु भनेर नम्बर डायल गर्दागर्दै उनको फोन आउँछ,अनि मैले जे भन्न खोज्छु त्यही नै उनले सोध्ने गर्छिन अनि म हाम्रो दुई मनहरु संगै भएको विश्लेषण गर्दै रमाउन पाएको छु।शरीरसग प्रेम गर्नेहरुको लागि प्रेम जति सस्तो हुन्छ भावनासग प्रेम गर्नेहरुको प्रेम बरु पलपल मरेर भए पनि उनैको याद भरेर बाच्दो रहेछ।

    बिबाह गर्नैपर्छ भन्ने पनि छैन,सगै बस्नुपर्छ भन्ने पनि छैन तर टाढा हुदा पनि नजिकै भएको अनुभूति हुनु चाहिँ साच्चै म प्रेमपूर्ण जीवन बिताउदै छु कि जस्तो अनुभुतिहरु बढिरहन्छन।उनको हिडाइ,बोलाई र मसिनो बोली,सुन्दर मुस्कान ,घाटीमा भगवानको माला र सोचमा सकारात्मक उनिलाई मैले कति आरोप लगाएर रुवाइरहें तैपनी उनले मलाई एक्लो छोडिनन,यादहरु बनेर जिस्काइरहिन,सस्मरण बनेर बोलाइरहिन।कहिलेकाही आत्तिएको जस्तो मैले धोका दिन्छु कि जस्तो तनावले उनलाई खेद्दो रैछ अनि मलाई धेरै सम्झाउछिन।

    कतै मन बदलियो भने म त मर्छु है भनेर भक्कानिदै भन्छिन। अनि मलाई पनि त्यस्तै लाग्छ,आर्थिक रुपमा हालसम्म कमजोर,आफ्नो बस्ने घर पनि नभएको र जीवन बिताउने श्रोत पनि खासै त्यति धेरै नभएको बर्तमानवादी मलाई उनले दुर्गामी सपना सजाउदै रोजेकी छिन।मैले पनि उनैलाई रोजेको छु।उनी बाहेक सुन्दर यो ससारमा मैले अरु कोही देखेको छैन।बादल भित्र पनि उनैलाई खोज्ने म झरना र हिमालयमा पनि उनकै आकृती खोज्ने भएको छु।

    उनको याद बिना एउटा सेकेन्डले पनि बिराएको छैन।यादहरु पनि साक्ष्यात जस्तो उनी के गर्दै छिन बिना कन्ट्याक्ट अनुभूति हुने गरेको छ।शरिरभित्र छोप्पिएर बसेको मनले अन्तरिक्ष पनि देख्दो रहेछ। हामी बिचको यो मिलन खासै लामो समय नभए पनि झन्डै आधा जीवनमा आइपुगेको मैले आधा जीवन नै उनैसग बिताएको जस्तो अनुभूति गरिरहेको छु।संसारमा feelings नै छैन भने केही पनि हुदैन,मुख्य कुरा feelings र take care नै मुल श्रोतहरु रहेछन अनि मात्रै प्रेम जीवन्त हुन्छ कि जस्तो लाग्छ।धेरै प्रेम र प्रेमिहरु रुपैया,पैसा र सम्पत्तीको मोहजालले तोडिने गर्दछन भने केही मात्रा प्रेमी प्रेमिकाहरुको प्रेम मन र मुटुमा समर्पित भै बाच्ने रहेछ भन्ने महसुस उनी सगको भेट पछि बढिरहेको छ।

    हामी र हाम्रो मुटुमा गहिरो घाउ छ ,दुबैलाई थाहा छ तर हामी र हाम्रो आगे यात्रामा हाम्रो सुन्दर जीवनको फूल फुल्छ भन्ने विश्वासले हामिलाई आजकल झनै प्रगाढ बनाएको छ। देखौं देखौं लाग्यो माया भेटौ भेटौं भयो तिमी उहाँ म यहाँ कस्तो गार्हो भयो ?? साचो मायामा विश्वासको सुन्दर मन हुन्छ अनि त्यही सुन्दर मन बाट माया सुन्दर हुन पाउदछ अनि म कहिले पनि एक्लो भएको अनुभूति गर्नु परेको छैन।उनको मधुर आवाजले मलाई जरुर तानिरहेको छ र मीठो सपनाले हामिलाई अवश्य जोडिरहनेछ।यस्तो मन सग कि त भेट नहोस,भेट भएपछी आजीवन छुट्टिन नपरोस....... क्रमश:

    सिन्धुपाल्चोक , भोटेचौर  हाल:काठमाडौं

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…