• गाेपाल काफ्ले

    पथरी कातिक १

    माेरङकाे बेलबारी १० भाउनेकाे खेल मैदानमा सुरु भएकाे दाेस्राे डागिहाट गाेल्डकप २०७४ काे उपाधि रारा धनकुटाले चुमेकाे छ । अायाेजक डागिहाट रालाेलाई २ का बिरुद्घ ४ गाेल गर्दै रारा धनकुटाले चुमेकाे छ हाे । दुबै तर्फबाट राष्टिय खेलाडीले भरिएकाे खेलमा खेलकाे ५ अाै मिनेटमा रारा धनकुटाका भरत खवासकाे पासमा बुद्ध चेम्जाेङले गाेल गर्दै खाता खाेलेका थिए । खेलकाे १६ अाै मिनेटमा बिमल घर्तिमगरले हानेकाे कर्नरलाई बिजय धिमालकाे क्रसमा दिपक राईले उत्कृष्ट हेड गर्दै खेल बराबरी बनाए । निकै राेचक र अाक्रमक खेलमा दाेस्राे हाफकाे ४८ अाै मिनेटमा रारा धनकुटाका खमिर गिल्सनले सानाे डिबक्स भित्रकाे रि-बाउड भएकाे वल गाेल गरे भने २ मिनेट बित्न नपाउदै ५० अाै मिनेटमा रारा धनकुटाका भरत खवासले अर्काे गाेल थप्दै खेल ३-१ काे अग्रता बनाए । दर्शककाे साथ पाएकाे अायाेजकले ६२ अाै मिनेटमा बिमल घर्तिमगरले १ गाेल गर्दै खेल २- ३ अन्तरमा झारे ।

    खेलकाे ७२ अाै मिनेटमा खमिर गिल्सनले पुन गाेल गर्दै धनकुटालाई ४-२ काे अन्तरमा उपाधी दिलाए । खेलकाे म्यान अफ द म्याच भरत  खवास रारा, बेष्ट काेच मणि चेम्जाेङ रारा, राईजिङ प्लेयर नवीन गुरूङ डि.एफ.सि. , बेष्ट गाेल किपर दिनेश थापामगर रारा , बेष्ट डिफेन्डर देबेन्द्र मगर रारा , बेष्ट मिडफिल्डर विशाल राई डि.एफ.सि., बेष्ट फर्वड दिपक राई डि.एफ.सि. , हाई स्काेर र म्यान अफ द सिरीज याेगेस गुरूङ रारा घाेषित भए ।

    गाेल्डकप बिजेताले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेताले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र पाए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…