इटहरी । इटहरीमा फेरी १४ बर्षिय बालिका बलात्कृत भएकी छिन् । इटहरी १० मा बुधबार राती बालिका बलात्कार गरेको आरोपमा स्थानिय २६ बर्षिय नबिन बिक पक्राउ परेका हुन् ।
तिहारको लागी देउसी भैलो सिकाउने बाहानामा बिकले बालिकालाई जवरजस्ती करणी गरेका थिए । स्थानिय तथा परिवारले बिकलाई घटनास्थलबाट नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
बिकले सोही टोलका बालबालिका भेला गरि देउसी भैलो सिकाउदै आएका थिए । घटनाक्रम अनुसार बिकले बालिकालाई ‘गफ गर्नु छ’ भन्दै बुढी खोलाको किनारमा लगेर जवरजस्ती गरेको पिडित परिवारले बताएका छन् । बालिका चिच्याएपछि बिकले डुंगाले प्रहार गर्न खोजेका थिए । चिच्याएको आवाज आएपछि स्थानियले बिकलाई रंगेहात नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका हुन ।
बिकलाई बिहिबार म्याद थप गरि अनुसन्धान शुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।