• आफनै देशको माटोमा सुन फल्न सक्छ भन्ने उदाहरण दिन अहिले ५ युवा कम्मर कसरे लागेका छन ।

    उर्लाबारीका नबराज अधिकारी,दुर्गा गौतम, सोमनाथ सुबेदी,गणेश अधिकारी विहान बेलुका दिउसो आफनै खेतिमा मस्त हुने गरेका छन ।च्याउ देखी फुल सम्मको खेति गरेर उर्लाबारीका ५ यूवा नमुना बनेका छन । च्याउ खेति बाट एक बर्षमा सात आठ लाख सम्म आम्दानी गर्ने गरेको युवाहरुले बताए । एक पटमा २ लाख सम्म आम्दानी गर्ने गरेको नबराज अधिकारीले बताए । सुरुमा ५० ओटा पोकाबाट खेतिसुरु गरेको र अहिले १६ सय पोकामा खेति गर्ने गरेको उनि बताउ छन । सवै युवाहरु मिलेर एकै चोटि काममा निस्कन्छौ सोमनाथ सुबेदीले भने अहिले हामीलाई अमेरिका यहि जापान पनि यहि भने जस्तै भएको छ । एक पोका च्याउमा डेढ किलो सम्म च्याउ उत्पादन हुने गरेको उनिहरु बताउछन । च्याउ १सय ३० रुपैया प्रति किलो सम्म बेच्ने गरेको सुबेदीले बताए



    गरी खानेलनई कहि कतै जानु पदर्नै रहेछ भन्ने उदाहरणको पात्रका रुपमा ति युवाहरु देखा परेका छन । युवा स्वरोजगार कोषबाट ऋण लिएर ब्यावसाय थालेको उनिहरुको भनाई रहेको छ । पहिला पहिला घरमै अब सुकुम्बासी बनाउने भयौ भनेर कराउने गरे पनि अहिले ब्यावसाय फस्टाउदै गइरहेको उनिहरु बताउछन ।यस बर्ष देखी फुल खेती समेत उनिहरुले गरीरहेका छन । ३ हजार बिरुवा फुलका बगैचामा रहेका छन अधिकारीले भने एउटा वोट बाट ३ वटा सम्म माला हुन्छन । अहिले बजारमा एउटा मालाको मुल्य १ सय रुपैया सम्म पर्छ । दैनिक १ सय भन्दा बढि बगैचामा फुल हेर्ने फोटो खिच्ने आउने गरको अधिकारीको भर्ना रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…