• उर्लाबारी, ११ कार्तिक

    मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सोमबारदेखि प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता हुँदैछ ।

    उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा हुने उक्त प्रतियोगिताको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गर्ने खेल संयोजक कमल फ्याँकले जानकारी दिए । उद्घाटन खेलमा मुनाल क्लब चन्द्रगढी (झापा) र विराट मेघा स्पोर्ट क्लब, विराटनगरबीच हुनेछ । उर्लाबारी नगरपालिकाको मुख्य सहयोगमा भएको उक्त प्रतियोतिाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्तिक १९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा प्रदेश नं. १ का चर्चित आठवटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख तथा द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान  गरिने आयोजकका सह–संयोजक सानु तामाङले जानकारी दिए । प्रत्येक खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडीलाई पाँच हजार नगदसहित पुरस्कृत गरिने जनाइएको छ । खेल हेर्न दर्शकलाई सहयोग स्वरुप ५० रुपैयाँ टिकट दर राखिएको खेल संयोजक फ्याँकले जनाए । हजारौं दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्ने उनले दाबी गरे ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…