• २ कार्तिक,२०७४( विहिबार)

    सन्जाल,ट्विटर,इमेल,अन्लाईन ,पत्रपत्रिका ,फोन यतिबेला हरेक नेपालीहरुको घर तिहारमय भएको छ।दसैमय नेपाल पछि तिहारमय नेपाल अनि राजनितिमय नेपाल चौविस घन्टामा तीन थरि मुहार देखाउछ।सन्दर्भ तिहारमय नेपालकै गरौ ,"यतिबेला तपाईं जो कोहि सपिङ गर्न बजार जानुहोस सयपत्री फूल मुट्ठाको १००० र थुङ्गाको रु. ५० मा बेचिन थालेको छ।हरेक उपभोग्यवस्तुको मूल्य आकाशिएको हुन्छ।

    अव्यवस्थित नेपालको पहिचान बारे अध्ययन गर्न पर्व र चाडहरुमा बजार जानुपर्छ।उ पारी भारतमा गएर गरिने थोरै रकमको सपिङ धेरै र यहा वारि नेपालको पसलमा गएर गरिने धेरै मुल्यको सपिङले थोरै परिमाणको सामान खरिद गर्न पाउछ।यहाँनेर न राज्यले सोचेको छ,न उपभोक्ता या ब्यापारीहरुले नै राज्यलाई प्रश्न गरिरहेका छन यो विडम्बनाको तर गर्न मन लाग्यो यो प्रश्न,"छिमेकिको देशले बेच्ने हरेक वस्तु सस्तो त्यही वस्तु नेपालमा किन महँगो ?


    भोटेचौर,सिन्धुपाल्चोक हाल: जोरपाटी ,काठमाडौं 


    "कारण माफियाको राजनितिक बृद्दी पनि हो या भारतीय पूजिवादको नेपालमा अप्रत्यक्ष बजार पो हो कि जस्तो पनि लाग्छ।अहिले बजारमा तिहार हामिलाई आएको छैन र दसै हामिलाई आएर गयोको प्रत्याभुती भैरहेको छैन।यहाँ त तिहार झिलिमिली बत्तीको कम्पनी मालिकलाई आएको छ,पटका उत्पादन गर्ने कम्पनी मालिकलाई आएको छ,रङ्ग ब्यावसाय चलाउने कम्पनीको मालिकलाई आएको छ,लत्ता कपडाका उद्योग धन्दा चलाउने कम्पनी मालिकहरुलाई आएको छ तिहार।

    बाहिर बाट हेर्दा तिहार हाम्रो राष्ट्रिय पर्व भित्र बाट नियाल्दा हामिले हाम्रा पर्वहरुमा पूजिवादका मालिकहरुलाई खुसी पार्दै भएको दिएर हामी रित्तो खुसियाली मनाईरहेका छौं को अनुभूति हुने गर्दछ।यातायात कम्पनीहरुको लागि दसै,तिहार र र पर्वहरु आउछन।उनिहरु हरेक पर्वमा आफ्नो सम्पन्नताको स्तर बढाइरहेका हुन्छन ,सारमा हामी कहा के बित्दो हुन्छ कता को के चटारो हुन्छ त्यो सबै छाडेर पर्वहरुको फलो गर्दा पनि पूजिवाद मोटाउछ भन्ने विश्वास छ मलाई ।

    तथापि मान्छेहरुले अनेकौं तरिका र तौलले विश्लेषण गर्लान खासमा हाम्रा पर्वहरु हाम्रा सास्कृतिक पहिचान र परम्पराको नाममा पूजिवादी राज्यव्यवस्थाले बनाएको एउटा सफल आइडिया रहेछ,जसको पूजी विकास यस्तै चाड र पर्वहरुमा हुने गर्दछ ,उ सम्पन्न हुन्छ अनि उसैको बोलवाला नेपाली राजनिती भित्र बेचबिखन कुर्सीका कारण सहज हुने भएकोले पूजिवादको अन्त्य हाम्रो विचारले गर्ने होइन ब्यावहरले गर्ने हो।

    पूजिवादको ढाड भाच्न लजिक मात्रै प्रयोग गरे पुग्छ तर सामन्त र निरङ्कुसताको अन्त्य गर्न चाहिँ बन्दुककै जरुरत पर्दो रहेछ र त विश्व साम्राज्यवाद दादागिरिको दुई मिनेट्वाला बम र तोपको भाषण गरेर अरु राज्य माथी धवा बोल्दै विश्व राजनितिलाई औला ठ्डाउछ तर हामिहरु धार्मिक,राजनितिक र सास्कृतिक रुपमा पूजिवाद र सामन्तवादको आइडियाहरुको नमस्कार गरेर १६ औं लुइको शताब्दीमा छौं कि जस्तो अनुभुती वोध हुने गर्दछ।

    चेतनास्तर ओरालो लाग्दै गर्दा कतिपयले भोगाइले पनि बुझ्न थालिसकेका छन।आशा गरौं हामी र हाम्रो चेतना आर्थिक समृद्दी तिर गरौं र अनि मात्रै नेपाल समजवादको आकाश मुनि पुग्न पाउनेछ।यदि हामी राजनितिक दास भैरहयौं भने हाम्रो लोकतन्त्रको गरिमा दुब्लाउने र लोकतन्त्रका साहुजीहरु विलासीताको एडिक्टेड हुन थाल्नेछन।त्यसपछिको हाम्रो मुलुकको परिवर्तनले अर्को युगको प्रतीक्षा गर्न विवश हुनेछौं।धन्यवाद ।

     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…