• परीक्षा अझै अनिसस्चित। पहिलोपटक परीक्षा सारेर भाद्र महिनामा गरिने निधो भयो । शिक्षक राम्रो सग चुनावी प्रचारप्रसार गरे अाठौ संशोधनको धज्जि राम्रो सग उडाईयो। किनभने शिक्षकले राजनीति गरेको प्रमाण पुगे शिक्षकबाटै हटाउने भन्ने छ कोही हटेनन तर धेरै गरे ।

    परीक्षाको मिति सारिएको थियो एकातर्फ भने अर्को तर्फ असमान विज्ञापन खारेजी र एकै प्रकारको विज्ञापन माग गरियो जुन स्वभाविक थियोे ।किनभने अस्थायी शिक्षक नियुक्त गर्दा कसैलाई पनि समयका अाधारमा स्थायी प्रकृयाको विज्ञापनमा समाबेश हुने उल्लेख छैन विचार सरकारले गरि गएछ। नवौ संशोधनको ड्राफ र सोको प्रमाणिकरण : पटकपटक अाठपटक सम्म संशोधन भएको शिक्षा ऐन , २०२८ ले लागु हुदा तत्कालीन पञ्चायती व्यवस्था अनुकूलको जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको र अहिले लोकतान्त्रिक गणतन्त्र सम्मको यात्रा भईसक्दा समेत अर्को छुट्टै ऐनमा नअाउनु अाफैमा शिक्षा प्रतिको गौह्रजिम्वेवारी हो भन्ने ठम्याइ छ। शिक्षा प्रति राज्यको उदाशिनताको गतिलो प्रमाण हो यो ।

    अाठौ संशोधनले अस्थायी का मागलाई राम्रो सम्बोधन गरेन भनेर हालकाे सरकार र शिक्षा मन्त्रीले नै बोलेपछि अघिल्लो सरकार र हालको सरकार का शिक्षा मन्त्रीबीच दोहोरी नै चल्यो यसले गर्दा शिक्षामा घुनहरु पिसिन्छन भने प्रमाण राम्रोसँग देखियो र सो को असर शिक्षकको अान्तरिक परीक्षा र खुल्ला खुलाउने विज्ञापनमा समेत परिरहेको छ। गत अाइतबार ९/१० अोटा विधेयकहरु सम्मानित राष्ट्रपति मार्फत प्रमाणीकरण भयो तर शिक्षा ऐनको नवौ संशोधन परेन । अाखिर किन ?

    के अहिलेको नवौं संशोधन मस्यौदामा अहितका विषय छन् ? उसो भएको किन गरिन्छ शिक्षामा राजनीति र किन खेलीन्छन दोहोरी सरकार परिवर्तन सगै? सबै अनुत्तरित प्रश्न छन।यसको राज बुझ्ने कोही छन सबै होइन । दोस्रो मित अगाडि सम्म अर्थात वैशाख देखि भाद्रसम्म अस्थायी शिक्षकलाई विद्यालयमा विद्यार्थीलाई सिकाउने वातावरण नै बनाएन।किनभने शिक्षक अाफै दौडमा थिए अाफ्नै अान्तरिक तयारी जुटिरहे जुन अावस्यक पनि थियो अाफै मरणमा रहदा अरुलाई कसरी बचाउने ?

    फेरि परीक्षा अनिस्चित बन्दैछ अबको शिक्षण र सिकाई कस्तो बन्दै जानेहो? यो वर्षकै शैक्षिक नतिजामा प्रश्न चिन्ह लागेको छ।सबल ,सक्षम , दक्ष नवप्रवर्तन गरेर शिक्षाको गुणस्तर उकास्न सक्ने अान्तरिक र प्रतिशतले छोएको जति खुल्ला शिक्षक नियुक्ति चाडै होस र अस्थायी शिक्षक र शिक्षा क्षेत्रमा देखिएका मुद्दा चाडै समाधान राज्यले गरोस जय शिक्षा ।

    लेखक:- सुनिल निरौला , खोटाङ साउने चौर- ३! शिक्षक:- ठोट्नेरी मावि कुलुङ-२ भोजपुर ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…