• रौतहट-, ०५ कार्तिक

     रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् ।

    आक्रमणमा कांग्रेसतर्फका राम रेखा साह, मिश्रीलाल साह, मुकेश साह, विश्वनाथ साह, सिकिलिया देवी आ सुनैना देवी घाइते भएका छन् भने फोरमतर्फका राम विनोद साह घाइते छन् । राम रेखा साहको अवस्था गम्भीर छ । साहलाई प्राथमिक उपचारपश्चात भरतपुर पठाइएको र पाँचजनाको उपचार संजीवनी हेल्थ केयर सेन्टर शिवनगरमा भइरहेको डा.संजीव कुमार यादवले बताएका छन् । फोरमतर्फका घाइते राम विनोद साहको गरुडामा उपचार भइरहेको छ ।

    घटनामा दोषी देखिएका फोरमका राम विनय साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुरले जानकारी दिएका छन् । अहिले गाउँको अवस्था सामान्य भइसकेको प्रहरीको दाबी छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…