•  

    पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका आसपासमा फुटसल प्रतियोगिता गर्ने स्थान भए पनि पथरीशनिश्चरेमा खड्किएको थियो । अब सिरिजङ्गा स्पोर्टिङ क्लबले फुटसल प्रतियोगिता गर्ने ग्राउण्ड बनाउने भएपछि फुटसल खेल्नै कै लागि बाहिर जानु नपर्ने भएको छ ।
    पथरी शनिश्चरे ३ सिरिजंगा चोकका खेमराज तुम्बापोले आफ्नो श्रीमती कुमारी तुम्बापोको स्मृतिमा डेढ कट्टा जमिन क्लबलाई प्रदान गरेको छ । करिब ५ लाख मूल्य पर्ने सोही जमिनमा २ लाख ६० हजारको लागतमा मैदान क्लबले बनाउँदै छ । स्थानीय हाल बैदेशिक रोजगारको क्रममा कुबेत रहेका मनोज आङ्बुहाङले २० हजार सहयोग प्राप्त भएको क्लबका उपाध्यक्ष सरोज लिम्बुले बताएका छन् । उनले तिहारपछि विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा मैदानमा इटाको दिवाल, तारजालीलगायत काम गर्ने जनाएका छन् ।
    क्लब २०६० सालमा स्थापना भएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…