• ५ कात्तिक, झापा ।

    झापामा डेंगुले महामारीको रुप लिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार साउनदेखि कात्तिक महिनासम्म १ सय २० जना डेंगुका बिरामी फेला परेका छन् ।

    बिर्तामोडमा मात्रै ५२ जना डेंगुका बिरामी भेटिएको कार्यालयले जनाएको छ । यहाँको बिएण्डसी हस्पिटलमा मात्रै तिहारको ३ दिनमा १२ जना बिरामी भर्ना भएको अस्पतालले जनाएको छ । त्यो विएण्डसीमा तीन दिनमा भर्ना भएका जम्मा बिरामी सङ्ख्याको २१ प्रतिशत हो ।

    त्यस्तै, दमकमा ५, काँकरभिट्टामा ६, बुद्धशान्तिमा २, कनकाईमा २ जनासहित अन्य बिभिन्न क्षेत्रका मानिसहरुमा डेंगुको सङ्क्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।

    उनका अनुसार गत असोज ६ गते पहिलो पटक बिर्तासिटी हस्पिटलले धेरै डेंगुको बिरामी फेला परेको भन्दै जनस्वाथ्यमा जानकारी दिएको थियो ।

    त्यस लगत्तै, बिएण्डसी र मनमोहन हस्पिटलबाट पनि सोही प्रकृतिको रिपोर्ट आएपछि नियन्त्रणका लागि पहल सुरु गरिएको छ ।

    जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार झापाको दमक अस्पताल, सुरुङ्गा प्राथमिक उपचार केन्द्र, अनारमनी स्वास्थ्य चौकी, धुलाबारी प्राथमिक उपचार केन्द्र र काँकडभिट्टा स्वास्थ्य चौकीमा निःशुल्क डेंगुको उपचार हुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…