• ५ कार्तिक; २०७४   By:ratokalam



    लक्ष्मण चौलागाईं


    कहिलेकाही दुश्मन सग पनि सम्झौता गर्नुपर्ने हामी र हाम्रा बाध्यताहरु हुदारहेछन।अन्तरघातीहरुसग विश्वास गर्नुपर्ने यो समय राजनितिक संक्रमणकाल भनेर पनि विश्लेषण गर्न मन लाग्छ।इतिहासमा पत्याउनै नसकिने किसिमको प्रचण्ड प्रयोग सफल भएमा आम नेपालीले सुख,शान्ती र समृद्दिको श्वासप्रश्वास गर्न पाउनेछन।

    हिजो सियो चोर्नेले आज फाली चोर्छ, आज फाली चोर्नेले भोलि घर फोर्छ, भोलि घर फोर्नेले कालान्तरमा सामाजिक स्थानमा नै लुट्पा्ट मच्चाउछ ,यो हिजो देखि थाहा पाई आएको कृत्य कागजहरुका प्रयोग बारे धेरै के नै लेख्नुपर्ला र?? अहिले यो स्वतन्त्र कालखन्डले हिजो तल्लो स्तरको परिभाषा दिदै जनतामा माओवादी भनेको यस्तो जंगली र उस्तो जंगली भनेर हिड्ने ओली लवज आज गठबन्धन पछि कस्तो चुनावी प्रचार प्रसार गर्न जालान भन्ने प्रश्नले पनि काउकुती लगाइरहन्छ।

    तर यो तालमेललाई ओलीले कू नगरे म पनि खड्ग प्रसाद ओली जीलाई हार्दिक धन्यवाद दिएर कुनै समय उनी प्रमुख अतिथी रहेको मन्चबाट उनको ध्यानाकर्षण गर्दै हार्दिक धन्यवाद टक्र्याउदैमन्तव्य मार्फत केही बोल्नेछु। जनता र देशलाई ढांटेर मुलुकलाई गुमराहमा पार्न खोज्ने,राजनीतिक ो खोल ओढेर पौने तीन करोड जनतालाई उल्लु बनाउनेलाई समेत आफ्नो एजेन्डामा हिडाउन प्रचण्ड कमरेडले गर्नुभएको यो अ्उल्य कसरतलाइ कथम कदाचित एमाले र ओलीजीले धोका दिए भने ज्ञानेन्द्रको अभ्युदय हुने कुरालाई डायरीमा नोट गरेर राख्दा हुन्छ आदरणीय देशबासी मित्रहरुले!!

    राजनिती ढांट र छलको खेल राजतन्त्र,बहुदल र पन्च्यायती व्यवस्थामा भारी सहज थियो, तर यो बर्तमान शिशु राजनितिक अवस्थामा ओलीले शिशु समृद्दिको मुन्टो निमोठ्ने प्रयास गरे भने त्यो दिन नेपाली जनताले अन्तर्घाती मुर्दावाद भनेर नारा र जुलुस लगाएर नेपालको सत्तालाई घेराउ गर्नुपर्ने विवशता हरु आएनन भने एमाले नेता ओलीलाई महान बामपंथी नेता भनेर सदा सम्मान गर्नेछु।अन्यथा,यसलाई परिक्षण कालको रूपमा हामिले बुझ्न ढिलाई गर्यौ भने विश्वासभित्रको विश्वासको अपेक्षा गर्दागर्दै सपन मृत हुन पुग्नेछ ,त्यस्तो नहोस!।

    हिजो १७००० को ज्यान ज्ञानेन्द्र शाहिले चुड्दा ताली पड्काउदै बयलगाडाको जोक गर्ने अमेरिका गन्तब्यको उदाहरण दिने प्रिय् बामपंथी नेता कमरेड ओलीले उनको यो जीवनकालका उत्तरार्धको समयमा धोका दिएनन भने ओली गिरिजा जस्तै बन्ने कुरालाई होच्याउनुको कुनै तुक हुन्न। तर कामरेड खड्गप्रसद ओलीजीका बेलाबेला आउने छुद्र तर्क जसले शिक्षण पेशा गर्नेहरुको मन दुखाएको छ,गुन्डाको संरक्षणका खातीर उनले चपाएको दुई वटा जिब्रो अब साच्चिकै आराम भएको हो भने ओलीलाई पनि हामिले प्रचण्ड पछिका अर्का प्रचण्ड सारथीको रुपमा स्विकार गर्नेछौं।

    यदि ओलीले मुखमा राम राम बगलीमा छुरा बोकेर मुलुकको सपनालाई कू गर्न खोजे भने केपी ओलीको हातबाट मुलुकको राजनिती तनावग्रस्त हुने कुरालाई अन्यथा लिदा अनुपयुक्त नहोला। एमालेले हिजो पनि जनता झुक्यायो,नेपालको सत्ताको क्षणिक आनन्द रसस्वादन गर्नको निम्ति आर्थिक बृद्दिदर ०.०७% प्रतिशतमा झारेर दिनानुदिन नेपाली युवालाई खाडी पलायन हुन बाध्य बनायो भने ६०/४० को खेलले नेपालको ईतिहास मा साठिवाला र चालिसवालाको कान्ड नबनाइदियोस भन्ने निवेदन अहिले देशले गरेको छ,धर्तीमाताले गरेकी छिन भने प्रचण्डले धेरै चुनौतिहरुका विच बीस पिउदै हिजोको प्रतिगामी दुश्मनलाई आज एकताको मालामा उन्ने प्रयास गरेको प्रती जनता पनि सचेत हुनु जरुरी छ।

    भाषण गरेर,ठट्टा गरेर,मोजमस्तीले ओठ रातो बनाएर क्रान्तिका चरणहरु बामे सर्दैन थिए भनेर नाफामा रमाउन पाएको एमालेले राजनितिक हिसाब नगरी देश र जनताको मर्म र अपेक्षाको आवाजहरु सुनिदियो भने हामी र हाम्रो समृद्दिको हलो अड्काएर जनताको ढाडमा दाल दल्नेहरुका धृष्टता हामिले सुन्नुपर्दैन थियो कि? कहिले कालोबजारी लाई हुर्काउदै,कहिले पानी चोरेर सोलार धन्दा चलाएको एमाले इतिहासको मुटु ngo/ingo का बृत्तचित्रहरु विगत देखि नै जरो गाडेर रहेकोले अझै पनि नेपाली जनताहरु दिग्भ्रमित छन उ सग तर प्रचण्डले भ्रमलाई पोखरीमा डुबेको कागज बनाइदिएका छन,जुन गलिसकेको छ ,अब हेरौं परिक्षण कालले कस्तो सन्देश जनतामा जाहेर गर्दछ? हामी सर्वसाधारणलाई ओली पनि उस्तै हो ,सबै नेताहरु उस्तै हुन तर शेरबहादुरले चीतवनको गठबन्धनमा घात गरेनन र रेणुले जितिन, तर यो गठबन्धनमा एमालेले माओवादीलाई कमल थापाको गाई नबनाओस भन्ने अपेक्षाका लागि खबरदारी गर्न हामिहरु चुक्नु हुन्न।

    फलामको च्युरा चपाउदै नेपालको राजनितिको लगाम कसेका प्रचण्डले आजसम्म मुलुकको लागि जति प्रयास गरे ती सबै प्रगतिशिल राष्ट्रवादसंग सम्बन्धित भएकाले आम जनताले प्रचण्ड सपनालाई एकपटक साथ दिए भने पुन: नेपाल शान्तिक्षेत्र बन्न पाउथ्यो कि भन्ने आशा सबै देशभक्तहरुले गर्नै पर्छ।

    हामी wait and see को चरणमा भएकाले नेपालको इतिहासको विश्वास हेर्ने यो समयलाई वस्तुगत रुपमा विश्लेषण गर्न हामी झुक्नुहुन्न।अब पनि कुनै गद्द्दारी भएमा आजको नेपाल हिजोको सोझा जनता झुक्याए जस्तो होइन ।आजको नेपालमा त घरै पिच्छे प्रचण्डहरु जन्मिरहेका छन।ती प्रचण्डहरुको जन्ममा रोक लगाउन कुनै अतिवादको ताकतले सक्ने छैन।यसै आधारमा कमरेड प्रचण्डको लक्ष्य र समृद्दिको सपनालाई सार्थक बनाउन एक पटक आम नेपाली जुटेमा त्यसपछिको नेपालको समाजवादी यात्राले बिना ट्राफिक जाम गन्तव्य चुम्न पाउनेछ।हेर्दै जाउं बाकी समयले बताउने नै छ।

    भोटेचौर-१;सिन्धुपाल्चोक हाल:काठमाडौं

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…