उर्लाबारी । निलम बचत तथा ऋण सहकारी संस्थाकाे छैटाैं वार्षिक साधरणसभा अाज सम्पन्न भएकाे छ । साधरणसभाले रूमन थापा मगरकाे अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेकाे छ । यस्तै दिनेश परियारकाे संयाेजक्ताेमा ३ सदस्सीय लेखा समिति गठन गरेकाे छ ।
नव गठित समितिकाे उपाध्यक्षमा भिष्म बुढाथाेकी,सचिवमा सञ्जिव बुढाथाेकी र काेषाध्यक्षमा प्रभु दिलुङ्छा राई रहेका छन् । सदस्यमा कृष्ण धिमाल,लेख बहादुर धिमाल र रमेश श्रेष्ठ चयन भएका छन् ।
लेखा समिति सदस्यहरूमा सुमन कार्की र पवन सुनार रहेका छन् ।