•  

    ईटहरी । नेपाल प्रेस युनियन सुनसरीको आठौँ जिल्ला अबिधेशनको बन्दसत्रमा बबण्डर भएपछि तत्कालका लागी अबिधेशन स्थगित भएको छ । ईटहरीस्थित लायन्स भवनमा आयोजित अबिधेशनको बन्दसत्रमा अधिकांश सदस्यहरुले बिरोध गरेपछि बन्दसत्र स्थगित भएको छ । बन्दसत्रमा सदस्यहरुलाई मिलाउन प्रेस युनियनका केन्द्रिय सदस्य बिजय सन्तोषी राई,पुर्बाञ्चल संयोजक लिलाबल्लभ घिमिरे लगायतको अथक प्रयास समेत बिफल भएपछि बन्दसत्र स्थगित भएको छ ।

    यसकारण स्थगित भयो बन्दसत्र
    जिल्ला अबिधेशनबाट नयाँ कार्यसमिति चयनको कार्यक्रम समेत रहेको थियो । अध्यक्षका लागी पवन अधिकारी र धनबहादुर पुरी उम्मेदवार बनेका थिए । दुई जनालाई मिलाउने प्रयास बिफल भएपछि दुई दुई बर्षे कार्यकालमा सहमति गर्ने प्रयास गरिएपनि त्यो पनि सफल नभएपछि माहोल तातेको थियो ।



    दुबै जनाले आफनो दाबी नछोडेपछि निर्बाचनको तयारी भएपनि एक पक्षले बन्द सत्रमा असहमति जनायो । सदस्यता निष्पक्ष नभएको र मनपरी सदस्य बाँडेको आरोप पुरी पक्षले लगायो । पुराना सदस्यहरुको नाम समेत लिष्टमा नभएको र पत्रकारितामा क्रियाशिल नभएकाहरुको बढी नाम देखिएपछि पुरी पक्षले पहिला सदस्यताका बारेमा प्रष्टयाउन आवाज उठायो । सहमति गर्ने प्रयास बिफल भएपनि बन्दसत्र स्थगित भयो ।

    यसरी मच्चियो बबण्डर
    खुल्ला सत्र साहाद्र्धपुर्ण बाताबरणमा सम्पन्न भएपनि बन्द सत्र शुरु हुने बेलामा एकाएक माहोल बदलियो । संस्थाका सदस्यहरु शुरेसचन्द्र दाहाल र चन्दन रौनियारको नाम समेत लिष्टमा नभेटिएपछि उनीहरुले आजाव उठाए । उनीहरुलाई बन्दसत्रमा आवाज उठाउनु भन्दै सामसुम पारियो । तर त्यतिबेला सम्म माहोल बदसलसकेको थियो । भित्र आवाज उठाउने तयारीमा रहेका आधा दर्जन बढी सदस्यहरुले आवाज उठाउन नपाउँदै माहोल बदलियो र अन्तत बन्दसत्र स्थगित भयो ।

    खुल्लासत्रमा देखिएका रोचक दृश्य
    कार्यक्रमको खुल्ला सत्रमा कार्यक्रममा अतिथिका रुपमा स्टेजमा बसेका ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफुले गलामा लाएको माला प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई लगाईदिँदा उपस्थितले मेहताको खुलेर प्रशंषा गरे ।

    कार्यक्रममा मेहताले जिल्लाको सदरमुकाममा युनियनका सदस्य को हो भनेर आफुले नदेखेको बताउँदा माहोल गर्मायो । उनले सदरमुकामबाट युनियन सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा प्रेस युनियनका पुर्बाञ्चल संयोजक लिलाबल्लभ घिमिरेले युनियन लेख्नेको भन्दा भाषण गर्नेको पार्टी भएको बताए । उनले भाषण गर्दा तालीको बर्षा भयो । कार्यक्रममा अन्य अतिथिहरुमा प्रदेश सांसद तथा नेपाली काँग्रेस सुनसरीका अध्यक्ष राजिब कोईराला,संघिय सांसद सिताराम मेहता लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…