• ०६ कार्तिक,२०७४ By:Ratokalam


    सदियौ काल देखि नेपालको सत्ताको मालिक राजतन्त्रकालीन थियो।कहिले राणा बाबुसाहेबका मामाहरुको राज्य,कहिले मामा शाहिहरुका भान्जाहरुको राज्य यसरी पारिवारिक नातेदारको राज एकछत्र मनपरि चल्थ्यो हाम्रो नेपालमा।

    समय उज्यालोमा देखिनेहरुको लागि अँध्यारो र स्वतन्त्रताबिहिन थियो,हामिले इतिहासमा पढेको(विद्यालय देखि क्याम्पस,विश्वविद्यालय सम्म) नेपाल मुठ्ठिभर मान्छेहरुको हत्केलामा च्याप्पिएको राजनितिक व्यवस्थाले ग्रस्त थियो,निरङ्कुसताक अनेकन आइडिया हरु मात्रै संस्थागत थिए,सामन्ती सोचहरुको पूजक हाम्रा पुस्ताहरु बनिनु शोषिनु परेको थियो ।

    लामो ईतिहास पर जानै पर्दैन १०४ वर्षीय राणा शासन तर्फ थोरै राजनितिक ,ऐतिहासिक अध्यायहरुको अध्ययन गर्दा पुग्छ"राणा शासन"-बाबुसाहेबहरुको युग"जसले हामिलाई विश्व विकासको गतीमा शताब्दी पछि धकेलेको थियो,दबाइरहेको स्प्रीङ उच्छिटियो र २००७ सालमा प्रजातन्त्र बहालीको आन्दोलनले र राणाहरुको आपसी कलहले प्रजावत्सल राजा श्री ५ त्रिभुवनसम्मको साथले मामा शसनको अन्त्य र भान्जाको शासनको प्रधानतामा प्रजातन्त्रको सत्ता स्थपित भयो ,महान सहिदहरु शुक्रराज,धर्मभक्त,दशरथ र गंगालालहरुको मासु भने निरङ्कुश राणाले प्रजातन्त्र आउनुभन्दा १० वर्ष पहिले नै लुछिसकेको थियो ।जब प्रजातन्त्र घोषणा भयो जसलाई भनियो सवैधानिक राजतन्त्र !

    यद्यपि उतिबेला राणाले पारिवारिक शासन चलाउदा हाम्रो पुस्तालाई शैक्षिक स्वतन्त्रता दिएको थियो भने आज हामी शिक्षाको ज्योतीले विश्वका शक्तिशाली मुलुकका साक्षर जस्तो हुन पाउथ्यौं।हाम्रा बुवा ,हजुरबुवाहरु डाक्टर,इन्जिनियर,पाइलट हाम्रा हजुर आमाहरु लेखक,साहित्यकार ,डाक्टरको रुपमा आज हामिले थाहा पाउन पाउथ्यौं,उहाहरुलाई पढ्न पाउथ्यौं।तर हामिले राजनितिको पुस्ता बारे अवलोकन गर्न पो पायौ, तर हाम्रो पुस्ताको ईतिहास नै बुझ्न नपाई हामी अन्जान हाम्रो आफ्नै निजि यात्रामा भौतारियौं।

    राज्यको नियमको दाम्लाले हाम्रो घाँटी कस्सिएको थियो।मरिमरी बाचेर अन्तमा मरेका हाम्रा ती आदरणीय पुस्ताहरुलाई उत्पिडनको मुल्यांकन गर्दै जन्मेर पनि नारकिय जिन्दगी भोग गरेका कारण,राणा अतिवादको चरमतालाई अन्त्य गर्न २००७ सालको क्रान्तिको नेतृत्वकर्ता दल को थियो भनेर पनि आजको यो युगमा संगै नडोर्याए समाजवादको यात्रा अधुरो पो हुन्छ कि भनेर केही व्याख्या गर्न उत्सुकता लाग्यो।

    २००७ साल पछि करिव करिव ४५ साल पछि महान जनयुद्दले भान्जाको शासनकाल (शाही शासन)को निरंकुसताको विरुद्द लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि महान जनयुद्धको घोषणा गर्दै शाहिसत्ता विरुद्द धावा बोल्यो ।

    लठ्ठि बोकेर जनयुद्धमा हिडेका राता ती महान सहिदहरुले अन्ततः एसएलआर,एसमेमजी, एके 47 लगायत शाही सत्ताको हजारौं अत्याधुनिक हतियारहरु कब्जा गर्दै ,मरेर पनि अमर अनि आजको मितिले विर्सदै गरेका ती महान मान्छेहरु जो राज्यका नुनपानी खाने थिए या बर्दी लगाएका राष्ट्रहितका भोलुन्टर सिपाहि कमरेडहरु थिए,दुवै पक्षको महान बलिदानीले आज मुलुकले प्रचण्ड नेतृत्व पायो,लोकतान्त्रिक गणतन्त्र बहाली भयो।

    कतिले नराम्रो रुपले माइक बजाएका उद्देश्यहरुको सस्थागत भैनसक्दा असन्तुष्टिहरु चुलिए र हाल नेपालको राजनितिक क्षेत्र,परिधीमा सेपरेसन बढ्दो छ,अन्तरविरोधहरुले धावा बोलिरहेकै बेला बाम एकताको प्रयास प्रचण्ड कमरेड बाट हुँदै गर्दा सहयोद्दाहरु छुट्टिनु र प्रतिपक्षीहरु जोडिनु निर्वाचन सगै समाजवादको लागि बाम एकता भनेर करिव करिब ५० प्रतिशत अन्य दल,तह र तप्कालाई पछि पार्दै एमालेसग मात्रै भएको तालमेलले बाम एकता सार्थक पार्ला या धोकाको पुरस्कार ग्रहण गर्नुपर्ला त्यो त आगामी wait and see will speak about तथापि बाम एकता भन्दा समाजवादी एकता गरे नेपाली कांग्रेस,राप्रपा,आफ्नै असन्तुष्ट पक्ष र सबै मुलुक र राष्ट्रको हित चिताउने दलहरु समाजवादी एकतामा जोडिए भने अन्तरविरोध र कलहहरु मृत हुन थाल्थे।

    यहाँनेर राजनितिक उतारचढाव र सेपरेसन राजनीतिक माहोलले विपक्षी मात्रै होइन सारा संसार आश्चर्यचकित भएको छ।नेपालको राजनितिले समाजवादी एकताको उध्घोस गरे हामी माझ विद्यमान बिभिन्न नामधारी राजनितिक सुपरमार्केटका बिजिनेस ,दलाल कम्पनीहरु खारेज हुन पाउथे कि? यहाँनेर सबैले भन्ने गरेका छन,हामी नेपाल बनाउछौं,सबैले भन्ने गर्छन हामी स्मार्ट सिटि बनाउछौं।तर स्मार्ट सिटि भएको देशको राजमार्गमा यात्रा गर्दा रामराम भनेर यात्रा गर्नुपर्ने विडम्बनाको विकासको खतराको पुरस्कार पाइरहन विवश छौं हामी जनताहरु।

    अब समाजवादको सवारी कतै पनि ट्राफिक जाममा नपरोस् ।कसैले षड्यन्त्र नगरोस,सबैको घरको चुलो धुवाओस,कोहि मोटाउने कोहि दुब्लाउने कमजोर कानुन लाई मजबुतिकरण गर्दै महान सहिदहरुको सपनालाई कसैले नबिर्सिउन- हामिले सदैव कामना गरिरहन नपरोस। आम नेपालीहरुको विचारलाई सम्मान गर्दै प्रतिशोध बिहिन समाजवादी एकताको उध्घोस गरियो भने फरक मतहरु पनि कमजोर हुन पुग्नेछन। अन्त्यमा , चाहे नेपाली कांग्रेस होस,चाहे नेकपा एमले होस,चाहे राप्रपा होस या माओवादी वा नेकपा …………

    कमरेड प्रचण्ड एमालेलाई माओवादी लाइनमा ल्याउन सकिन्छ भने देउवालाई चीतवनमा समेत चोखो साथ लिनुभएकै हो।सबैको एकता समाजवादी एकता आजको आवश्यकता हो कि? कोहिलाई काखा,कोहिलाइ पाखा आधा जनसन्ख्या सेपरेट्याउदा घाटा त आखिर उहीँ समृद्दिलाई नै हो नि।बाम एकता भन्दा पनि अब समाजवादी एकता गर्नुहोस । धन्यवाद ।

    भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं

     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…