• उर्लाबारी । विगत वर्ष झै यसबर्ष पनि राजघाट उज्यालो समाज दुर्गापुरीले दिपावलीको अवसरमा कात्तिक २२ गते सामाजिककाम सहयोगार्थ देउसी भैलो तथा नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    तिहार पर्वलाई सामाजिक सद्भाव सहित भब्य मनाउनको लागि समाजले साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । जस अन्तगर्त खुल्ला नृत्य प्रतियोगिताको आयोजना पनि हुने भएको छ । देउसी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार ट्रफि,दोस्रो हुनेलाई नगद ३ हजार ट्रफि र तेस्रो हुनेलाई नगद २ हजार पुरस्कार रहेको कार्यक्रम संयोजक रन्जित श्रेष्ठले बताउनुभयो ।

    श्रेष्ठको अनुसार कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको छ । राजघाट उज्यालो समाजका अध्यक्ष हेमराज गुरुङका अनुसार साँझ सुरु हुने उक्त कार्यक्रममा यस क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । बजार क्षेत्रमा उज्यालो बत्ति जडान लगायत विभिन्न सामाजिक काम गर्दै उज्यालो समाज स्थानीय स्तरमा स्थापित संस्था हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…