पथरी- नेपाली राजनीतिक रंगमञ्चको इतिहासमा २०५० साल जेठ ३ गतेको सम्झना आउँछ । सिमसिम पानी परिरहेको बेला एउटा जीपमा सवार एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित चढेको जीप दासढुंगास्थित त्रिसुली नदीमा खसेको थियो । रहस्मय जीप दुर्घटनाको संज्ञा पाएको सो घटनाको अहिलेसम्म यथार्थता बाहिर आउन सकेको छैन । भण्डारी र आश्रितको रहस्यमय मृत्युबारे धेरै बहस भैसकेको छ । त्रिसुलीमा यो २३ वर्षभित्र धेरै पानी बगिसक्यो तर सो रहस्यमय घटनाको सत्य बाहिर आउन सकेको छैन ।
https://www.youtube.com/watch?v=jBNvxJDgzUI&t=142s&fbclid=IwAR2FCduYu4-Z_jjT26qMgZL7fZXA6BeU3Unigme1YkZsIcw2PLveIwE1Blw