• शिवगञ्ज, कार्तिक १८ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थीत भगवति माध्यमिक विद्यालयको ५६ औ वार्षीक उत्सव तथा अविभावक दिवस व्याँङ्गडाडा स्थीत विद्यालय हातामा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । गएको कात्तिक १३ देखि शरु भएको वार्षीक उत्सवका पाँच दिवसिय कार्यक्रमको औपचारीक समापने आईतवार भएको हो ।

    कार्यक्रममा विद्यार्थीविच प्रतियोगितात्मक देउसी गीत, लोक तथा आधुनिक गायन, नृत्य, दौड, भाले जुधाई, वेलुन फुटाई, चित्रकला , हाजिरी जवाफ लगायत खेलकुदका विविध गतिविधि आयोजना भएको थियो । यस्तै अविभावकलाई कार्यक्रममा अधिकतम सहभागी गराउने उद्धेश्यले आयोजना गरिएको चिठ्ठा कार्यक्रमका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो ।
    विद्यालयमा शैक्षिक गुणस्तर सुधार तथा अंग्रेजी माध्यम अध्ययन अध्यापन कार्यमा योगदान गर्ने विद्यालयका शिक्षक यादव घिमिरेलाई सो कार्यक्रममा दोसल्ला, सम्मान पत्र र नेपाली ढाकाटोपि पहिर्एर सम्मान गरिएको थियो । कार्यक्रमका अतिथी शिवसताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले शिक्षक घिमिरेलाई सम्मान गरेकी हुन । विद्यालयमा विद्यार्थीको संख्या दिनहु घटिरहेका वेला शिक्षक घिमिरे नेतृत्वको शिक्षकको समुह र विद्यालय व्यवस्थापन समितिको प्रयासमा विद्यालयमा अंग्रेजी माध्यमको अध्ययन अध्यापन शुरु भएको विद्यालयका प्रअ रमेशकुमार दाहालले वताए । यसै गरि सो कार्यक्रममा विद्यालयका भुतपुर्व प्रअ नेत्रवहादुर राई लाई पनि सांसद हिरा थापालेले दोसल्ला ओढाएर सम्मान गरे ।

    कार्यक्रममा स्वर्गीय डोलेश्वर काफ्लेको स्मृतिमा स्थापित स्वर्गीय डोलेश्वर काफ्ले अक्षयकोषवाट विद्यालयका २५ गरिव तथा जेहेन्दार छात्र छात्रालाई विद्यालय पोसाक सो कोषकी संरक्षक जिवनकुमारी काफ्लेले उपलवध गरेकी थिईन । यस्तै स्वर्गिय टिकाराम खडकाको स्मृतिमा स्थापित स्वर्गिय टिकाराम खडकाका अक्षयकोषवाट सो कोषका संरक्षक उनका पिता मणीप्रसाद खपतरी खड्काले विद्यालयको वार्षीक उत्वसवमा आयोजित विभिन्न विधाका खेलकुदका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरे ।

     

    यता स्वर्गिय हरिमाया पौडेलको स्मृतिमा स्थापित स्वर्गिय हरिमाया पौडेलका अक्षयकोषवाट विद्यालयका छात्रालाई मासिक श्रावहुदा प्रयोग गर्ने सेनेटरी प्याड उनका छोरा राजेन्द्र पौडेलले प्रदान गरेका छन ।
    तिनवटै कोषको व्याजवाट आएको रकमले कोषका दाताले विद्यार्थीलाई विद्यालय पोसाक, खेलकुद विधाको पुरस्कार र छात्रालार्ई सेनेटरी प्याड प्रदान गरिएको विद्यालय प्रसासनले जनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धीराज लक्समको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरका मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपाल र पुर्व प्रअ पदमप्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रअ रमेश दाहालले विद्यालयको वार्षीक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा साहायक प्रधानाध्यापक केदार खनालले स्वागत र संचालन लोकमणी गौतमले गरेका थिए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…