• दुःखद खबर: ‘ऋचा तिमीले के गरेको ? आत्महत्या समाधान होईन ।’ फेसबुकमा यस्तो लेखेर टाढा गईन्, साथीसँगी स्तब्ध ।





    झापाकी ऋचा सेढाइको प्रोफाईल इन्ट्रो मै देखिन्छ “Hell yeah , One more fan cheking my profile” 




    तर, उनको फ्यानले उनको तस्विर हेर्न आईतबार प्रोफाईल खोलेका छैनन् । सुन्दर रुपकी धनी ऋचाले स्वहत्या गरेको कुरा सामाजिक सञ्जालमा छाएपछि उनको नाम सर्च गरेर आत्महत्या समस्याको समाधान होईन भनेर कमेन्ट र पोष्ट सुरु भएको छ ।

    ऋचा साथीसंगीबीच पनि उत्तिकै मिलनसार रहेको उनीप्रति व्यक्त भएको श्रद्धाभावले पुष्टि गर्दछ । कार्तिक ५ गते दिउँसो २ बजेसम्म फेसबुकमा एक्टिभ रहेकी उनले एक्कासी किन आत्महत्या गरिन् ? रहस्यमै छ । उनका बारे पनि धेरैलाई थाहा छैन ।

    वुमन्स रुम रिलोडेड (डब्लुआरआर) मा सक्रिय सदस्य रहेको कुरा बाहिर फेसबुकमा खुलेको छ । डाक्टर बन्ने उद्देश्यले एमबीबीएस पढ्दै गरेको कुरा जानकारहरुले लेखेका छन् । गत जनवरीमा यमबुद्धले आत्म हत्या गर्दा दुःखित भएकी उनले आज कसरी आत्महत्या गरिन् ?

    भाइटीकाको दिन शनिबार मात्रै तीन वटा तस्विर अपलोड गरेकी छिन् । निराशाभाव झल्कन्छ ।

    उनले हतोत्साही र निराश भएर मन स्थिर नभएको भावमा अर्को स्टाटस पनि पोष्ट गरेकी थिईन् ।

    उनका साथीहरुले निकै दुखित भएर श्रद्धाञ्जली प्रकट गरिरहेका छन् । ऋचाले आखिर आत्महत्या किन गर्नुपरेको ? सबै अचम्मित छन् ।

    चलचित्रकी नायिका भन्दा कम नभएको सुन्दरतामा उनी मख्ख हुन सकिनन् । सबैलाई रुवाउँदै बिदा भईन् । यस्तो उमेरमा अकालमै आफै ज्यान गुमाउनु निकै दुःखको कुरा हो ।

    हार्दिक श्रद्धाञ्जली ऋचा ।
    more.....................             Reecha Sedhai




सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…