• काठमाडौँ, १९ कात्तिक 

    विश्वशान्तिको कामना गर्दै आज भगवती मानवकल्याण सङ्गठन नेपाल शाखाले पशुपति क्षेत्रका मानिसमा चेतना दिने उद्देश्यले ‘मा आरती’ सम्पन्न गरेको छ ।
    मांसाहारमुक्त, नशामुक्त र चरित्रवान् समाजको निर्माणका लागि सङ्गठनले नियमित पूजाराधना गर्दै आएको सङ्गठनअन्तर्गत नेपालका अध्यक्ष हरिश्चन्द्र त्रिपाठीले बताउनुभयो । “आजको समाज विकृत छ, जे गर्नुहुन्न भन्यो त्यही बाटोमा हिँड्छ,” उहाँ थप्नुुहुन्छ, “यदि गुरुको सद्मार्गमा हिँडेर माता भगवतीको आराधना गर्ने हो भने गलत बाटोमा लागेको मानिस पनि सही दिशा पाउन सक्छ ।” सङ्गठनले प्रत्येक महीना पहिलो शनिबार पशुपतिमा मा आरती सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
    सङ्गठनअन्तर्गत नेपालका सचिव विकास त्रिपाठीले भगवतीको पूजाराधना र चालीसा पाठ गरे सम्पूर्ण देवीदेवताको सिद्धि पूरा हुने बताउनुभयो । सङ्गठनका निर्माता गुरु सचितानन्दले लोभप्रलोभनमा नपरी सङ्गठनलाई अघि बढाउँदै समाजमा चेतना जागृत गराउँदै आउनुभएको छ । सङ्गठनले नेपाल र भारतमा आत्मचेतनाका लागि काम गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…