• २०७५ कार्तिक ०९ बिहिवार  By:Ratokalam विश्वमा सिक्ने सिकाउने काइदाहरु हिजोआज फरक अाउदै गएको घाम झै छर्लङ्ग छ।हिजोको समयमा गुरु र चेलाहरु एउटा कक्षामा रहेर भन्ने र सुन्ने काममा अभ्यस्त रहन्थे यो कार्य अहिलेसम्म भएको पाइन्छ र यसका अलवा थप सिकाइको व्यवस्था नभएको पनि होइन । समय परिवर्तन सगै मानवजातीको व्यस्तता बढ्दै गएकोले सिकाइको लागि शिक्षण संस्था सम्म पुग्न नसक्ने स्थिति अायो ,सो कारणले शिक्षण सिकाइमा नयाँ बैकल्पिक विधि प्रविधि खोजी गर्न थालियो । नतिजा स्वरुप दुरदराजमा रहेका सिकारु विद्यार्थी र सिकाउने व्यक्ति लाई प्रविधि मार्फत नजिकै ल्याउने प्रक्रिया सुरु भयो ।जसलाई दुर शिक्षा भनियो । अनि सिकाउन दूर शिक्षाको व्यवस्था भयपछि यसले मात्र सिकाइ पूरा नहुने ठानियो र विद्यार्थी भर्ना,सर्त ,अध्ययन समय,स्थान र मुल्यांकन प्रक्रियालाई लचिलो बनाइ दुर शिक्षालाई अझ खुकुलो पारियो यसरी खुकुलो पारिएको प्रणालीको नाम खुल्ला शिक्षा राखेको र दुर शिक्षा खुला शिक्षाको स्वरूपमा रुपान्तरीत बन्दै गएको हो । नेपालमा यसको बिगत र वर्तमान को सन्दर्भ कोट्याउनु पर्दा २००८ सालमा काठमाडौमा स्थापित नन्दीरात्री पाठशाला सुरुवात सगै भएको भएनि,२०१३ सालमा स्थापना भएको कलेज अफ एजुकेसन को प्रौढ शिक्षा शाखामार्फत अौपचारिक रुपमा शिक्षामा सुरु भएको अाधिकारिक मानिन्छ ।यो पछि रोकियो । २०३५ सालमा रेडियो शिक्षा शिक्षक अायोजना विधिवत रुपमा स्थापना भई २०३७ भाद्र २ देखि यसै अायोजना मार्फत सेवाकालीन प्राथमिक शिक्षा पाठ प्रसारण भयो ।यसबाट SLC अनुत्तीर्ण शिक्षकलाई शिक्षण तालिम ,अंग्रेजी टियूसन र अाधरभुत प्राथमिक शिक्षक तालिम सञ्चालन भयो ।साथै शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भए पछि १० महिने शिक्षक तालिमको दोस्रो चरण ५ महिना अर्थात ६६० घण्टा पनि रेडियो मार्फत प्रसारण भयो । जुन अाधरभुत तथा प्राथमिक शिक्षा परियोजना को ध्येय पनि थियो । नेपालको विद्यालय शिक्षामा २०६५ साल महत्त्वपूर्ण समय हो दुर तथा खुला शिक्षाको लागि । प्रौढहरुका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका २०६५ हाल कार्यान्वयनमा छ। अनौपचारिक प्राथमिक ,निमावि र माध्यमिक तहका निम्ति शिक्षा विभाग मार्फत जिल्ला शिक्षा कार्यालयले अनुमति दिने र प्रत्येक तहको कक्षा क्रमशः ३,२र१ वर्षको रहने व्यवस्था छ। यस किसिमका देशभर करि १३०० स्कुल सञ्चालनमा छन्।प्राथमिक ११८५;निमावि ८४ र माध्यमिक ५० । भुकम्प पश्चात् नेपालमा ११ जिल्ला का १०० विद्यालयमा कल्पनिक स्कुल virtual school समेत सञ्चालनमा छन। भविष्य कस्तो छ? दुनियाँ डिजिटल भइरहेको छ। सरकार डिजिटल डिभाइन कम गरेर गाउँमै उच्चस्तरीय शिक्षाको प्रवन्ध गर्ने जमर्को गरिरहेको छ। पछिल्लो समयमा मेरो अाफ्नै अनुभव भनु १० वर्षमा सुचना प्रविधिले जति फड्को मारेको छ यो ६० साल पहिलेको ५० वर्षको भन्दा नि दोव्बर माथि छ।यसर्थ पनि दुर तथा खुला शिक्षाको लागि हामी १/१ पाइला माथि जानुपर्ने अावस्यकता अनिवार्य छ। बुवा हजुरबुबा को समयमा शिक्षाको लागि महिनै लगाएर कोलकाता ,बनारस तथा जिल्ला ग्राम सदरमुकाम जानुपर्ने थियो यो बाध्यता अब छैन । अाफ्नो शयनकक्ष बाटै शिक्षा लिने दुनियाँ प्रविधिमा नेपाली समेतको सहभागीता भएको छ। कस्तो होला त भोलि को भविष्य ? १. संभवत विद्यालय पिच्छे शिक्षक राख्ने बाध्यता हराउँदै जानेछ । २.काल्पनिक विद्यालय र विश्वविद्यालय सञ्चालनमा सहयोग पुग्नेछ ।(virtual school and virtual university ) ३.दोस्रो भाषामा सिकाउने सिक्दा हुने त्रुटी अन्त्य हुनेछन् । ४.इमेल र इन्टरनेटका माध्यम ले एक शिक्षक एकैपटक सयौं बालबालिकाको घरमै पुगेर सिकाउने छन । यसर्थ खुल्ला तथा दुर शिक्षा पुस्ता अन्तर सगै थप जरुरत बन्दै जानेछ ।

    लेखक: सुनिल निरौला ठेगाना : खोटाङ ,बराह पोखरी - ३ साउने चौर । शिक्षक: ठोट्नेरी मावि भोजपुर ,कुलुङ।

    २०७५ कार्तिक ०९ बिहिवार

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…