• तिहारको मुखमा गायक देव गुरुङले तीन दिनमा तिहार गीत सार्वजानिक गर्ने निधो गरें । सोही अनुरुप अशोक थापा एरेन्जरलाई अगाडिको एक लाइन गीत म्यासेन्जरमा पठाए । अनि गायक देव गुरुङ र गीतकार गणेश वाछाना राई रेकर्डिङ स्टुडियोमा पुगें । गायक गुरुङले गीत रेकर्डको लागि टेक लिन थाले गीतकारले गीत लेख्दै दिदंै गीत तयार भयो २ घन्टामा । त्यसपछि भिडियो साँझ खिचियो ।

    यसरी हतारै हतारमा तयार भयो ‘घिन घिन मादल...’को म्यूजिक भिडियो । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा बादल श्रेष्ठ, निमा तामाङ, करण धिताल, रेजिना क्षेत्रीले अभिनय गरेका छन् भने अशोक राई, गोपाल काफ्ले, भीमराज अधिकारी, विवेक परियार, विवेक न्यौपाने, टाइगर लिम्बु, बिजय लिम्बु, भूमि पाठक लगायतले पनि सह–अभिनय गरेका छन् ।

    जमर्काे इन्टरटेनमेन्टद्वारा युट्युवमा हालिएको यस गीतलाई देवराज सिग्देलले खिचे र अभिषेक मगरले कोरिग्राफी गरे भने निर्देशन सन्तोष राईले गरे । तीन दिनमा नै देउसी गीत ? भन्ने प्रश्नमा गायक तथा संगीतकार देव गुरुङ भने –‘मलाई मुड चल्यो आखिर मनले चाह्यो भने तीनै दिनमा दिनमा गीत सँगै म्यूजिक भिडियो पनि तयार पार्न सकिंदो रहेछ नि ।’

    https://www.youtube.com/watch?v=CnM-LPHs-hM&feature=share&fbclid=IwAR1B8EM9vqHb0KCb48wLitoSiurybbZTW3VeBAouTi5suuKMQOmcK9fBolQ

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…