• उर्लाबारी । निक्कै महत्वकाङ्छी योजनाका साथ स्थापना गर्ने तयारीमा रहेको केबिआई गु्रपले राजघाटको प्रभात निमाविको स्तरोउन्नतीको लागि आर्थिक सहयोग गर्ने भएको छ । ग्रुपका प्रतिनिधी भीम पन्धाक, प्रभात निमाविका प्रधानाध्यापक मोहन चापागाई र पत्रकार तेजन खड्काको विद्यालयमा बसेको बैठकले स्तरोउन्नतीको लागि छलफल समेत गर्दै बिभिन्न निर्णयहरु पनि गरेको छ । केबीआई ग्रुपले विद्यालयको चौतर्फी विकासको लागि हङकङमा कसल लिम्बूको नेतृत्वमा १ लाख ४ रुपैंया संकलन आर्थिक सहयोग संकलन गरेको थियो । यसका साथै अन्य रकमहरु पनि जुट्ने तयारी भईरहेको गु्रपका भीम पन्धाकले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो,कसलले हङकङमा जुटाएको रकममा ग्रुपको तर्फबाट ३२ हजार सहयोग रहनेछ । अन्य रकम जुटे थप गरि अक्षयकोष खडा गरिनेछ ।


    कसल विदामा हङकङबाट घर आएपछि बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरको छ । बैठकमा विद्यालयलाई भौतिक पूर्वाधारमा मात्र नभएर शैक्षिक गुणस्तरका लागि पनि विकास गर्नुपर्ने पन्धाकले सुझाप दिनुभयो । उहाँले भन्नुभयो,हामी विदेशीहरुले गरेको सहयोगको उपलब्धि राम्रो भयो भने अझै सहयोग हुनेछ । हामीलाई चित्त बुझ्नेछ ।
    विद्यालयका प्रधानाध्यापक चापागाई र अध्यक्ष सुब्बाले केवीआई गु्रपलाई धन्यवाद दिदैं यसरी साथ सहयोग जुट्दा विद्यालयले फड्को मार्ने विश्वास गर्नुभयो ।
    चापागाईले भन्नुभयो,हाम्रो विद्यालय विविध समस्याका बाबझुद सन्चालन भईरहेको छ । तपाईहरुको साथ सहयोगले अझै हौषला मिलेको छ ।



    स्मरण रहोस,केबीआई गु्रपले यसअघि उक्त विद्यालयको घेराबाराको लागि नगद ५० हजार पनि सहयोग गरिसकेको छ ।
    उक्त विद्यालयमा विशेष गरेर सन्थाल समुदाय र विपन्न परिवारका छोराछोरीहरु अध्ययन गर्ने गर्छन ।

    के हो केवीआई ग्रुप
    वैदेशिक रोजगारीमा नेपाल बाहिर रहेका साबिक मोरङ राजघाटका ३ जना युवाहरुको सोझका साथ आउदैं गरेको गु्रप हो केवीआई ग्रुप ।
    जसमा बेलायतमा रहनुभएका भीम पन्धाक, हङकङमा रहनुभएकी कसल लिम्बू र इन्द्र खापुङ‘लक्ष्मी’ छन् ।
    ग्रुपले आफ्नो गाउँठाउँलाई समृद्ध बनाउदै लैजाने योजनाहरु बनाएका छन् । गाउँमा सडक बत्ति,शिक्षा,स्वास्थ्य,खेलकुद लगायतका थुप्रै समस्याहरुमा सहयोग गर्न हामी जागरुक भएका हौ, भीम पन्धाक भन्नुहुन्छ । जसको लागि कसल,इन्द्र र भीमको टिमले विदेशमा रहेका सहयोगी मनहरुसँग हातेमालो गरिरहेको छ । अभियानमा जो कोही समावेश हुन सक्नुहुनेछ । तर जसको लागि प्रावधानहरु ग्रुपले बाहिर ल्याउदैछ ।
    अनि गर्नेछ गाउँठाउँमा बिभिन्न क्षेत्रमा सहयोग,जहाँ अति आवश्यक छ ।

    अभियानका इन्द्र खापुङले अक्षयकोष खडा गरेर रकम जम्मा गरी त्यहाको ब्याजको रकमबाट समाजिक काम गरिने उदेश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो‘ हरेक समस्यामा प्रत्येक चोटी रकम संकलन गरिरहेका छौ,अब एकमुष्ट रकम संकलन गरी त्यस रकमको ब्याजबाट सहयोग तथा बिभिन्न समाजिक कार्यक्रम गर्नेछौ । सोहि अभियानमा सक्रिय कसल लिम्बूले आफुहरु विदेशमा रहेका दाजुभाईहरुसँग छलफल भईरहेको बताउनुभयो ।

     

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…